बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी


१६ चैत्र २०७५, शनिबार
Batuli Lamechhane

काठमाडौं, १६ चैत । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोष शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उहाँलाई विश्वकै ज्येष्ठ नागरिकका रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत्र १० गते जन्मनुभएकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिंहमा नातिनीसँगै बस्दै आउनुभएको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जनाकारी दिनुभयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७