सुपर ओभरमा सन्दीपको टिम दिल्लीले कोलकातालाई हरायो


१७ चैत्र २०७५, आईतवार
sandeep lamichhane delhi

काठमाडौं, १७ चैत । इन्डियन प्रिमियर लिग(आईपीएल) सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको छ । दिल्लीको घरेलु मैदानमा फिरोज शाह कोटलामा भएको खेललेमा दिल्लीले सुपर ओभरमा कोलकाता तीनले पराजित गरेको हो ।

दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा बोल्ड भए । चौथो बलमा उथाप्पाले १ रन जोडे र पाँचौमा कार्तिकले पनि १ रनमात्र जोड्न सके । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा उथाप्पाले १ रन मात्र जोडेपछि दिल्ली विजयी भयो ।

सुपर ओभरमा दिल्लीले प्रसिद कृष्णको बलिङमा १० रन जोडेको थियो । ऋषभ पन्त र श्रेयस ऐर ब्याटिङमा आएपछि पहिलो बल ऋषभले १ रन लिए । श्रेयसले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा लामो सट खेल्ने धुनमा उनी क्याच आउट भए । चौथो र पाँचौ बलमा पन्तले २–२ रन जोडे । अन्तिम बलमा रिभर्स स्विप प्रहार गर्न खोज्दा चुकेपछि उनले १ रन मात्र लिए ।

यसअघि १ सय ८६ रनको लक्ष्य पक्ष्याएको दिल्ली २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रनमा मात्र बनाउन सक्यो । त्यसपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

अन्तिम ओभरका दिल्लीलाई ६ रन चाहिएको थियो । तर कुलदीप यादवले ५ रन खर्चेर १ रन आउट सहित २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

दिल्लीका ओपनर पृथ्वी शा ले मैदानमा चौकाको वर्षा गराए पनि आफ्नो आईपीएल करियरको पहिलो शतक बनाउन १ रनले चुके । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९९ रनमा बनाए । १९ औं ओभरको तेस्रो बलमा लोकी फर्गुसनको बलमा ठूलो शट प्रहार गर्न खोज्दा विकेटकीपर दिनेश कार्तिकले क्याच आउट गरेपछि उनी शतक बनाउन चुके।

कप्तान श्रेयस ऐरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, शिखर धवन १६ र ऋषभ पन्त ११ रनमा आउट भए । कोलकताका कुलदीप यादवले २ तथा आन्द्रे रसेल, पियुष चावला र लोकी फर्गुसनले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । कुनै समय ६१–५ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याए । १७.५ ओभरमा क्याच आउट हुनु अघि रसेलले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६२ रनको महत्वपूर्ण योगदान दिए ।

कोलकतालाई आन्द्रे रसेल र दिनेश कात्तिकले ९५ रनको साझेदारी गर्दै प्रतिसप्रर्धात्मक योगफल सम्म पुर्याउन सफल भएका हुन् । कात्तिकले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडे । दिल्लीले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा विशाल लक्ष्य पाएको हो । पियुष चवाला १२ र कुलदीप यादव १० बटुले ।

सन्दीपलले दिल्लीलाई पहिलो सफल दिलाउने क्रममा चौथो ओभरको चौथो बलमा निखिल नाईकलाई ७ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । छैटौं ओभरको अन्तिम बलमा रोविन उथप्पालाई हर्ष पर्टेलले ११ रनमा एलवी डब्लू आउट गरे । लगतै सातौ ओभरको पाँच बलमा कागिसो रबडाले विकेटकीपर ऋषभ पन्तबाट उत्कृष्ट क्याच गराउँदै ओपनर क्रिस लिनलाई २० रनमा आउट गरे ।

आठौं ओभरको पहिलो बलमा हर्ष पटेलले नितेश रानालाई १ रनमा क्याच आउट गरेपि कोलकता कमजोर अवस्थामा पुगेको थियो । त्यस्तै हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।

त्यस्तै हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।

सन्दीपको सानदार सुरुवात
दोस्रो पल्ट आइपिएल खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले सानदार सुरुवात गरेका छन् । सन्दीपले एक विकेटसँगै रन आउट समेत गराए ।

खेलमा इनिङको १२ औं ओभरमा नै आफनो ४ ओभरको कोटा सकाएका थिए । उनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो ।
सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

यसैगरी उनलाई चौथो ओभरमा ल्याइयो । व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईकलाई चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा पारे ।

नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन दिए ।

खेलको दशौं ओभरमा कोलकाता ५९–४ को स्थितिमा रहँदा सन्दीप फेरी बलिङमा आए । उनको पहिलो बलमा नै शुभ्मन गिल रनआउट भए ।

त्यसपछि सन्दीपले बाँकी ५ बलमा ३ रनमात्र दिँदै समग्रमा ३ ओभरमा १२ रन खर्चेर १ विकेटको अवस्थामा रहे । तर उनको अन्तिम ओभर अन्य ओभर भन्दा महंगो सावित भयो । १२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे ।

सबै भन्दा किफायती बलिङ
कोलकत्ताविरुद्धको भइरहेको खेलमो सन्दीपले किफायती बलिङ गरेका छन् । उनले ४ ओभरमा २९ रन मात्र दिए ।

यसैगरी दिल्लीका क्रिस मौरिसले चार ओभरमा १ विकेट लिदैँ ३५ रन दिए । अमित मिश्राले १ विकेट लिदै ३६ रन दिए ।

यस्तै २ विकेट लिएका हर्षभ पटेलले ४० रन दिए । भने काशियो रबडाले चार ओभरमा एक विकेट ४१ रन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७