पोखरा विश्वविद्यालयको अस्पष्ट सूचनाले ३९१ विद्यार्थीको भविष्य अन्योलमा


१७ चैत्र २०७५, आईतवार
883516731pu

काठमाडौं, १७ चैत । पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

883516731pu

कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज ९जिपिए० २।० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन् । विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो । सी ग्रेड भनेको २।० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ । यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए ।

तर, विश्वविद्यालयले परीक्षाको मुखमा आएर प्रत्येक विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने अर्थ लगाएपछि समस्या निम्तिएको छ । विश्वविद्यालयले प्रत्येक विषयमा सी ल्याएको हुनुपर्ने भन्दै माघमा अर्को सूचना निकालेको थियो । त्यसपछि विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको विवादले शुक्रबारदेखि हुने भनिएको परीक्षा नै स्थगित भएको छ । योसँगै पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ क्याम्पसका बिबिए, बिबिएबिआई, बिसिए, बिसिआइएस, बिएचएम अध्ययन गरेका विद्यार्थी अलपत्र परेका छन् ।

यस्तो थियो भर्नाका वेला विश्वविद्यालयले निकालेको सूचना
विश्वविद्यालयले भर्नाको समयमा सार्वजनिक गरेको सूचनालाई नै अहिले विभिन्न किसिमले व्याख्या गरिएको छ । विज्ञान प्रविधि, स्वास्थ्य विज्ञानजस्ता संकायमा भर्नाका लागि कक्षा ११ र १२ मा हरेक विषयमा कुन ग्रेड हुनुपर्ने भन्ने उल्लेख गरेको छ । तर, व्यवस्थापन संकायमा भर्नाका लागि विषयअनुसारको ग्रेड खुलाएको छैन । व्यवस्थापन संकायमा न्यूनतम मापदण्डमा अक्षरांकन पद्धतिअनुसार फाइनल ग्रेडमा सी हुनुपर्ने उल्लेख छ । सबै विषयमा सी हुनुपर्ने उल्लेख छैन । तर, अहिले विश्वविद्यालयले सबै विषयमा न्युनतम् ग्रेड सी हुने विद्यार्थीको मात्र आवेदन स्वीकार गरेको छ । सोही सूचनामै ब्याचलर अफ फार्मेसी अध्ययनका लागि न्यूनतम मापदण्डमा समग्रमा जिपिए २।४ र फिजिक्स, केमेस्ट्री र बायोलोजीरम्याथ विषयमा सी प्लस ल्याउनुपर्ने र अन्य विषयमा सी ग्रेड ल्याउनुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७