सडक विभागका महानिर्देशक १० महिनामै फेरिए


१७ चैत्र २०७५, आईतवार
keshab sharma

काठमाडौं, १७ चैत : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशकको जिम्मेवारी केशव शर्मालाई दिएको छ ।

भौतिक मन्त्रालयले शर्मालाई शुक्रबार महानिर्देशकको जिम्मेवारी दिएको हो । शर्मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोजना निर्देशनालय (एडीबी)बाट अन्यायपूर्वक मन्त्रालय तानिएका थिए ।

keshab sharma
महानिर्देशक केशव शर्मा

२०७५ जेठमा विभागको महानिर्देशक भएका रविन्द्रनाथ श्रेष्ठ १० महिना कार्यकालमै भौतिक मन्त्रालयमा सरुवा भएका छन् । उनी सचिव बढुवा समेत नभई विभागको महानिर्देशकमै रमाउँदैआएका थिए ।

उनले यसअघि २ पटक सचिव बढुवामा आफूलाई सहभागी नै नगराई विभागको महानिर्देशकमै चित्त बुझाएका थिए । महानिर्देशक श्रेष्ठले आयोजनाहरुको निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेकाले तानिएको बताइएको छ । विभागबाट उपमहानिर्देशक प्रमिला बज्राचार्य पनि मन्त्रालयमा तानिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७