चिया मजदुर बगान छोडेर आन्दोलनमा, के हो समस्या ?


१७ चैत्र २०७५, आईतवार
Tea worker

काठमाडौं, १७ चैत : सरकारले तोकेअनुसार श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक नपाएपछि देशभरका चिया मजदुरहरु बगान छोडेर आन्दोलनमा उत्रिएका छन् । आइतबारदेखि देशभरका चिया मजदुरले अनिश्चिकालका लागि काम रोकेर चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

Tea worker
फाइल तस्बिर

श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने तथा सरकारले निर्धारण गरेको दैनिक पारिश्रमिक कायम गरिनुपर्ने माग उनीहरुको छ । सरकारले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्नेमा व्यबस्था गरेको छ ।

तर, बगानहरुले यो कार्यान्वयन नगरेपछि मजदुरहरु आन्दोलित भएका हुन् । सरकारले गत २०७५ भदौ १९ गते यो ऐन लागू गरेको थियो । तर, उद्यमीहरूले चिया उद्योगलाई अन्य उद्योगसरह श्रम ऐनमा राखिँदा व्ययभार बढ्ने भन्दै ऐन कार्यान्वयनमा आनाकानी गरेका छन् ।

आइतबार झापा, इलाम, धनकुटा लगायतका जिल्लाहरुमा चिया मजदुरले काम ठप्प पारेका छन् । उनीहरुले सदरमुकाम पुगेर प्रर्दशन गरे । झापाको सदरमुकाम चन्द्रगढीमा ३ हजारको संख्यामा आएका मजदुरले ‘सरकारले ९ महिनाअघि बोलेका कुरालाई तुरुन्त लागु गर्नुपर्ने’ माग गरे । सरकारले नै श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले ९ महिनासम्म पनि नपाउने दुःखत भएको उनीहरुको भनाई छ ।

अखिल नेपाल चिया मजदूर संघका अध्यक्ष सीता सापकोटाले चिया मजदुरले आफ्नो पारिश्रमिक समेत नपाउनु दुःखत भएको बताइन् । अखिल नेपाल चिया मजदूर संघ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा बगान मालिकहरुले आनाकानी गरीरहेका बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७