सिन्धुलीमा परिक्षाको प्रश्नपत्र हुबहु मिलेपछि…


१८ चैत्र २०७५, सोमबार
model question
प्रतिनिधि तस्बिर

काठमाडौँ, १७ चैत । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहो¥याउनु परेको हो ।

उक्त गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिए ।

गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो । सञ्चालन भइरहेको परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७