हावाहुरी परी मृत्यु हुने २७ पुग्यो : गृहमन्त्रालय (अपडेट)


१८ चैत्र २०७५, सोमबार
Griha Mantralaya Home Ministry

काठमाडौं, १८ चैत । आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारा र पर्सामा २७ जनाको ज्यान लिएको छ । गृहमन्त्री रामबहादुर थापाले विहान एक सुचना जारी गर्दे गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु भएको भएको जनाएको हो ।

यसैगरी करीब ७०० घाइते भएको बताएका । उनले घनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए । घाइतेको हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको छ ।

वीरगन्जका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका–४ चैनपुरका हुन्।

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा भुसका घर भत्किएका छन्।। सबै घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरकिो भनाइ छ।।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७