स्पन्दन विनोदको एक साथ दुई कृति विमोचित


१८ चैत्र २०७५, सोमबार
Abiral Spandan Binod

काठमाडौं, १८ चैत । अविरल स्पन्दन विनोदको दुई कृति एकै साथ विमोचन भएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रममा गरि ‘अविरल स्पन्दन’ गजल संग्रह र ‘भिजाएर गयौँ’ बहर गजल संग्रहको विमोचन भएको हो ।

संग्रह उनकै हजुरआमा, घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल लगायतका स्रष्टाहरुले संयुक्क्तरुपमा विमोचन गरे । स्पन्दन विनोदले छोराको पहिलो जन्मदिनको अवसरका कृति सार्वजनिक गरेका बताए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) पोर्चुगल च्याप्टरका महासचिव समेत रहेका विनोदको कार्यक्रम अनेसास नेपाल च्याप्टरले आयोजनमा भएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राध्यापक जगत प्रसाद उपाध्याय र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले शुभाकामना दिए ।
कार्यक्रममा स्रष्टाहरूले प्रवासमा रहेर पनि स्पन्दन बिनोदले साह्रै मेहेनत गरेर उत्कृष्ट बहर संग्रह र गैर बहर संग्रह ल्याउनु प्रशंसानिय भएको बताए ।


कार्यक्रममा गजलकारहरूले स्पन्दन बिनोदका गजल संग्रहहरूबाट गजल सुनाएका थिए । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका महासचिब सन्ध्या पाहाडिको अध्यक्षतामा बसेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७