बारा-पर्सामा हावाहुरीको कहाली लाग्दो त्रासदी (फोटो फिचर)


१८ चैत्र २०७५, सोमबार
Birjung Hawahuri

बारा, १८ चैत : आइतवार साँझ आएको बारा र पर्सामा वितण्डा मच्चाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरको पछिल्लो जानकारी अनुसार हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

घटनास्थल र अस्पतालहरुबाट पूर्ण रुपमा सूचना संकलन भइ नसकेको कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । ६०० बढी घाइते छन् । बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा बढी प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नारायणी अस्पतालमा १२० जना घाइते उपचाररत छन् । त्यहाँ ६ जनाको मृत्यु भएको छ

यस्तै, नेशनल मेडिकल कलेजमा १९० घाइतेको उपचार भइरहेको छ भने त्यहाँ ३ को मृत्यु भएको छ । कलैया अस्पतालमा २०६, तराई हस्पिटल वीरगंजमा २, एडभान्स हस्पिटलमा २०, गण्डकी हस्पिटलमा २८, विरगंज हेल्थकेयर युनिटमा ३९ घाइतेको उपचार भइरहेको छ । भने हेल्थकेयर अस्पतालमा १ जनाको मृत्यु भएको छ । कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

हावाहुरीबाट गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । उनीहरुलाई सिमरा एअरपोर्टबाट नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो।

तस्बिर :- स्रोत सामाजिक सञ्जाल, नयाँ पेज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७