मन्त्रालयको निर्देशनमा हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स पठाइयो


१८ चैत्र २०७५, सोमबार
water ambulence

काठमाडौं, १८ चैत । बारा र पर्साको प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।

आइतबार साँझ आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।

वाटर एम्बुलेन्स खानेपानी मन्त्रालयको निर्देशन अनुसार हावाहुरी आँधीले क्षति पु¥याएको बस्तीमा पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ ।

विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलो क्षति पु¥याएको छ । यसैबीच नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगर र कलैया उपमहानगरपालिकामा अवरुद्ध भएको खानेपानी आपूर्ति सूचारु गरिसकेको छ । भीषण हावाहुरीका कारण हिजो साँझदेखि खानेपानी आपूर्ति ठप्प भएको थियो ।

त्यस्तै विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयहरु मार्फत हावाहुरी प्रभावित क्षेत्रमा समेत कार्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७