हेलिकोप्टर प्रयोगमा मनपरी, लुक्लामा एकै पटक १० वटा अवतरण


१८ चैत्र २०७५, सोमबार
Lukla Airport

काठमाडौं, १८ चैत : पछिल्लो समयमा मनोमानी तरिकाले नेपाली आकाशमा हेलिकोप्टर प्रयोग गर्ने क्रम बढेको छ । मुलत संकटको बेला राहत र उद्दारमा प्रयोग हुने हेलिकोप्टर पछिल्लो समयमा यात्रु बाहक लोक बस भन्दा बढी प्रयोगमा ल्याइन थालिएको छ ।

Lukla Airport
लुक्ला विमानस्थलमा आइतबार एकैपटक १० वटा हेलीकोप्टर अवतरण गर्दै

यो वेतिथिको पछिल्लो उदाहरण हो, आइतबारको घटना । आइतबार लुक्लामा एकैपटक १० वटा हेलिकोप्टर अवतरण गराइएको छ । लुक्लामा हेलिकप्टरका लागि पाँच वटा र जहाजका लागि चार वटा मात्र पार्किङ रहेको छ । तर, जोखिम मोलेर आइतबार एकैपटक १० वटा अवतरण गराइदा समेत सम्बन्धित निकाय भने मौन रह्यो । यो हवाई सुरक्षाको हिसाबले उच्च जोखिम हो ।

पदयात्रा र पर्वतारोहणका लागि उत्कृष्ट गन्तव्य खुम्बु क्षेत्रमा जाने पर्यटकको संख्या बढेसँगै लुक्ला विमानस्थलले जहाज र हेलिकप्टर थेक्न धौ धौ भएको छ । तेञ्जीङ हिलारी विमानस्थल लुक्लामा बसन्त मौसमको शुरुसँगै हेलिकप्टर र जहाज खचाखच हुन थालेको पछि विमानस्थलले थेग्न सकेको छैन ।

लोकल बस जस्तै हेलिकोप्टर
नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनीहरु छन् । नेपाली आकाशमा फिस्टेल, अल्टिच्युट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, एभरेस्ट हेलिकोप्टर, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेस्टी र मनाङ एयरले हेलिकोप्टर सेवा प्रदान गरिरहेका छन् ।

१० वटा हेलिकोप्टर कम्पनीको २७ हेलिकोप्टर नेपाली आकाशमा उठ्छ । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकाले दैनिक कम्तीमा १८ देखि २० वटासम्म हेलिकोप्टर उड्ने गरेको छ । मुलत हेलिकोप्टर संकटमा उद्दार तथा राहतको निम्ती प्रयोग गरिन्छ । यही कारण हेलिकेप्टर ल्याउनदेखि प्रयोग सबैमा राजस्वमा छुट । तर, नेपालमा भने व्यपारीहरुले यही फाइदा उठाउँदै हेलिकोप्टरलाई यात्रु बाहक बस जस्तै बनाएका छन् ।

नेपालमा हेलिकोप्टरबाट दैनिक लाखौं बराबरको कारोबार हुन्छ । तर, कम्पनीहरुले मनपरी रुपमा प्रयोग गर्ने गरेका छन् । दैनिक कुन कम्पनीले कति कमायो ? त्यसको तथ्य समेत हुदैन । त्यसको पछिल्लो उदाहरण हो, सिम्रिक एयर । उसले काठमाडौंको शिबपुरी स्थित डाँडा गाउँमा प्याड बनाएर गोसाईकुन्डको लागि यात्रु ओसारीरहेका छन् ।


असुरक्षित यात्रा
नेपालमा पहिलो पटक हेलिकोप्टर दुर्घटना सन् १९७९ मा भयो । लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना हुदा ६ जनाले ज्यान गयो । सन् १९७९ देखि २०१८ सम्म आइपुग्दा नेपाली आकाशमा ३३ वटा हेलिकोप्टर दुर्घटना(नेपाली सेनाको बाहेक) भएका छन् ।

फिस्टेल एयर सबैभन्दा अुसरक्षित ?

नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना सन् २००६ को सेप्टेम्बर मा भएको थियो । श्री एयरको एमआइ–१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, भुगोलविद् डा. हर्क गुरुङ २४ जनाको ज्यान गएको थियो । 

यसबाहेक सिम्रिकका तीन, माउन्टेन हेलिकोप्टरको एक, मनाङ एयरको एक, एयर डाइनेस्टीका दुई, कर्णाली एयरका चार, श्री एयरलाइन्सका दुई, हेली हान्साको एक, एयसियन एयरलाइन्सका दुई, एयर अनन्यको एक, हिमालय हेलिकोप्टरको एक, भीभीआईपीका दुई र गोरखा एयरको एक गरी ३१ वटा हेलिकोप्टर दुर्घटना भएको छ ।

नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनीहरु छन् । १० वटा हेलिकोप्टर कम्पनीको २६ हेलिकोप्टर नेपाली आकाशमा उठ्छ । हालसम्म नेपाली आकाशमा ३२ वटा दुर्घटना भएका छन् । ती मध्ये सबैभन्दा बढी फिस्टेल एयरका आठ हेलिकोप्टर दुर्घटनामा परेको छ । फिस्टेलेका हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म १५ जनाले ज्यान गुमाएका छन् । 

बिकासजंग राना अध्यक्ष र सुमनजंग पाण्डे सिइओ रहेको फिस्टेल एयरको हेलिकोप्टर पहिलो पटक दुर्घटना २००१ मा रारा लेकमा भएको थियो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । यसपछि २००८ मा फिस्टेल एयरको एयस–३५० अन्नपुर्ण बेस क्याम्पमा दुर्घटना भयो । 

यसैगरी २०१० मा एयस ३३५ अमडाब्लाममा, २०११ मा एयस ३५० बि सोलुखुम्बुमा , २०१३ मा एयस ३५० बि सिमीकोटमा, २०१४मा एयस ३५० बि ३ सिन्धुपाल्चोक १ मा दुर्घटना भयो । यसैगरी २०१६ मा एयस ३५० बि३ लामटाङमा दुर्घटना भयो । 

हाल फिस्टेलसँग फ्रान्सेली निर्माता युरोकप्टरले निर्माण गरेको ‘एस ३५० बी २’ र बेलकै ‘२०६ बी जेट रेन्जर’ हेलिकप्टर रहेका छन् । फिस्टेलले दुई वर्ष अघि क्यानाडियन कम्पनी बेल टेक्स्ट्रोनले उत्पादन गरेको ‘बेल ५०५ जेट रेन्जर एक्स’का दुईवटा हेलिकप्टर खरिद गरेको छ । 

फिस्टेलले दुई वर्ष अघि हेलिकप्टर खरिद गर्दा फिस्टेलले क्यानाडियन कम्पनी बेल टेक्स्ट्रोनले उत्पादन गरेको नयाँ हेलिकोप्टर ल्याएको बताएको थियो । तर, हेलिकोप्टर कम्पनीहरुले नयाँ हेलिकोप्टर ल्याएको बताए पनि प्रयोग भइसकेको हेलिकोप्टर ल्याइने गरेको चर्चा बेला–बेला हुने गरेको छ ।

आकाश की हेलिकोप्टर ?
सन् १९५५ को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । छानबिनपछि बन्ने प्रतिवेदनमा प्रायतः जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिइने गरिएको छ । विमान दुर्घटनाको छानविन बहुत चासोका साथ हुने गरेको छ । तर, हेलिकोप्टर दुर्घटनाको छानविनले भने कम महत्व पाएको छ ।

दुर्घटनापछि नेपाली आकाशलाई असुरक्षित भन्ने चलन छ । तर, हरेक छानविनले भने हेलिकोप्टर वा जहाजको प्राविधिक पाटोलाई देखाइन्छ ।

हेलिकोप्टर कम्पनीहरुले नयाँ हेलिकोप्टर ल्याएको बताए पनि प्रयोग भइसकेको हेलिकोप्टर ल्याइने गरेको चर्चा बेला बेला हुने गरेको छ । विदेशमा प्रयोग भइसकेको कवाडी हेलिकोप्टर नेपालमा ल्याएर नेपाली आकाशलाई असुरक्षित भनिनु गलत भएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७