सन्दीपले आफनो पहिलो ओभरमै पन्जाबको विकेट लिए


१८ चैत्र २०७५, सोमबार
sandeep
फाइल फोटो

काठमाडौं, १८ चैत । नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली किङस इलेभन पन्जाबको आफनो पहिलो ओभरमै विकेट लिएका छन् । पन्जाबको पन्जावको घरेलु मैदान चण्डीगढमा भइरहेको खेलमा दिल्ली क्यापिटलका सन्दीपले विकेट लिएका हुन् ।

इनिङको चौथो ओभरमा बलिङ गर्ने आएका सन्दीपले ३.५ ओभरको साम करनको विकेट लिएका हुन् । उनले १० बलमा २० रन बनाएका थिए । जसका १ छक्का र ३ चौका हानेका थिए ।

सन्दीपले पहिलो ओभरको मायाङक अग्रवाल १ रन, दोस्रो बलमा नो रन तेस्रो बलमा श्याम करणलाई २ रन, चौथो बलमा ६ रन दिएका थिए । अन्तिम बलमा १ रन दिए ।
१ ओभरमा उनले १ विकेट दिँदै १० रन दिए ।

सन्दीपले आफनो दोस्रो ओभर पनि बलिङ गरेको छन् । सातौँ ओभरका दोस्रो ओभर गरेका उनले ४ रन दिए ।

पन्जाबले अहिले ८ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।

दिल्लीको प्लेइङ ११मा शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, आवेश खान, हर्षल पटेल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७