साम करणको ह्याट्रिक विकेटसँगै दिल्लीमाथि पन्जाबको रोमाञ्चक जित, सन्दीप शुन्यमै आउट


१९ चैत्र २०७५, मंगलवार
punjab

काठमाडौं, १८ चैत (एजेन्सी) । इंग्ल्यान्डका युवा खेलाडी साम करनले उत्कृष्ट ह्याट्रिक विकेटसँगै किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हात पारेको छ ।

सोमबार राती पन्जाबको घरेलु मैदान चन्डीगढमा भएको खेलमा करणले ह्याट्रिक विकेटसँगै उत्कृष्ट बलिङ गरेपछि दिल्लीमा पन्जावले १४ रनले रोमाञ्चक जित हात पारेको हो ।

पन्जाबले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.२ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो । पन्जाबले दिल्लीको अन्तिम १६ बलमा ८ रन जोड्दा ७ विकेट झारेसँगै नाटकीय जित हात पारे ।

कुनै समय दिल्ली १६.४ ओभरमा १४४–४ को बलियो अवस्थामा थियो । तर पन्त आउटभएसँगै निरन्तर विकेट पतन हुँदा हार व्यहोरे ।

करनले १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेल तथा २० औं ओभरको पहिलो बलमा कागिसो रबाडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरे ।

सन्दीपको विकेटसँगै खेलको नतिजा पनि पक्का भएको थियो । त्यसअघि पन्तलाई १६.४ ओभरमा मोहम्मद शामीले बोल्ड आउट गरे । लगतै क्रिस मोरिस शून्यमा रन आउट भएपछि दिल्ली केहि दवावमा पर्यो ।

१७.४ ओभरमा साम करनले कोलिन इनग्रामलाई ३८ रनमा क्याच आउट भएपछि दिल्लीको जित कठिन बन्न पुग्यो । कोलिनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अन्तिम बलमा करनले हर्षल पर्टेललाई विकेटकीपर के एल राहुलबाट शून्यमा क्याच आउट गरेपछि दिल्ली ठूलो समस्यामा परेको थियो । मोहम्मद शामीले १९ औं ओभरको तेस्रो बलमा हनुमा विहारीलाई २ रनमा बोल्ड आउट गरेपछि दिल्लीको जितको सम्पूर्ण सम्भावना सकिएको थियो ।

यसअघि ओपनर पृथ्वी शा लाई शून्यमा आउट भए । अर्का ओपनर शिखर धवनले २५ बलमा ४ चौका हान्दै ३० रन, कप्तान श्रेयर ऐरले २२ बलमा ५ चौका प्रहार गर्दै २८ रन बनाएका थिए । यस्तै ऋषभ पन्तले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए ।

पन्जावलाई जित दिलाउन लागि साम करनले मात्र २.२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कप्तान रविचन्द्र आश्विनले र मोहम्मद शामीले समान २ विकेट लिए ।

त्यसअघि चण्डीगढमा टस हारेर ब्याटिङ थालेको पन्जावले निधार्रित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियोे । क्रिस गेललाई बेन्चमा राखेर मैदान उत्रेको पन्जावका लागि डेविड मिलरले सर्वाधिक ४३ रन, डेविड मिलरले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरी ४३ रन, मन्दीप सिंहले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।

यस्तै सरफराज खानले २९ बलमा ६ चौका प्रहार गर्दै ३९, साम करनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० र केएल राहुलले १५ रन जोडे । मयंक अग्रवाल ६ बटुल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।

पन्जावलाई सस्तैमा रोक्न सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ महत्वपूर्ण विकेटलिए । त्यस्तै क्रिस मोरिसले पनि ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कागीसो रबाडाको नाममा २ विकेट रह्यो ।
जितसँगै पन्जाब दोस्रो स्थानमा उक्लिएको छ । भने दिल्ली पाँचौ स्थानमा रहेको छ ।

यस्तो रह्यो सन्दीपको प्रदर्शन
सन्दीपको व्याटिङ प्रर्दशन राम्रो रहन सकेन् । अन्तिममा आएका सन्दीप पहिलो बलमै आउट भए ।

यसअघि उनले पन्जाबविरुद्धको खेलमा पनि उत्कृष्ट बलिङ गरे । सन्दीपले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्ली क्यापिटल्सले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । उनले आफनो पहिलो ओभरमै विकेट लिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए, दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौंबलमा सरफराज खानले १ रन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७