टिपरको ठक्करबाट प्राध्यापकको मृत्यु


१९ चैत्र २०७५, मंगलवार
pp

काठमाडौँ, १९ चैत । बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्यापन गराउँदै आएका डोलराज अर्यालको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

pp

सोमबार साँझ सवा सात बजे तिर देवदह नगरपालिका खैरेनीबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै भएको दुर्घटनामा प्राध्यापक अर्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

टिपरको ठक्करबाट टाउकोमा गम्भीर घाइते भएका अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदै गर्दा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७