सर्वाेच्च अदालतमा ५ न्यायाधीश सिफारिस

उच्च अदालतमा १७ न्यायाधीश सिफारिस


१९ चैत्र २०७५, मंगलवार
Suprme Court of Nepal

काठमाडौं, १९ चैत : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ न्यायाधीस सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वाेच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीको सिफारिस गरेको हो ।

Suprme Court of Nepal

परिषद्ले कानुन व्यवसायीबाट न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको हो ।

न्यायाधीश सिफारिस भएका अधिवक्ताहरूमध्ये रेग्मी नेपाली कांग्रेस निकट हुन् भने फुयाँल नेकपानिकट मानिन्छन्। न्यायाधीश सिफारिस पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्।

उच्च अदालतबाट मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मलता माथेमा सिफारिस भएका छन् । ढुंगाना उच्च अदालत पाटनका मुख्यन्यायाधीश र माथेमा उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश हुन् । संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।

High court nepal 3
High court nepal 2
High court nepal 1

बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका थिए ।

उच्च अदालतमा अधिवक्त्ताबाटहरू ७ जना, जिल्ला न्यायाधीशहरूबाट ६ जना, पूर्व अत्तिरित्त समुहबाट २ जना र न्याय सेवाका विशिष्ट सेवा अधिकृतहरुबाट ३ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो ।

परिषद्ले जिल्ला न्यायाधीशहरू राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाँद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्णगरी ६ जनालाइ उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेकाे हाे।

यस्तै कानून ब्यवसायीहरू जगतबहादुर थापा(माेरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भाेजपुर), रेणुका साह(महाेत्तरी), डालकुमार खड्का(बारा),  उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया(नुवाकाेट) लाइ उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेकाे हाे। 

यसैगरी एकीकृत न्यायसेवाबाट विशिष्ट श्रेणीका अधिकृतबाट नायब महान्याधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाइ उच्च अदालतको न्यायाधीश नियुक्ती गरेको छ पौडेललाइ पाटन, उपाध्यायलाइ पाटनकै हेटौडा इजलास र ढकाललाइ जनकपुरमा पदस्थापन गरिएको छ।

यसैगरी पूनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पौडेललाइ उच्च अदालत जनकपुरको राजबिराज इजलासमा पदस्थापन सहित नियुत्ती गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७