सुदूर पश्चिम प्रदेशले बारा-पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ दिने


१९ चैत्र २०७५, मंगलवार
tarai hawa huri

काठमाडौं, १९ चैत । सुदूर पश्चिम प्रदेशले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ ले स्थापना गरेको राहत कोष मार्फत सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

यसअघि प्रदेश नम्बर ३ ले हुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो । आइतबार राति अचानक आएको हुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो थियो भने सैयौं घर क्षति भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७