अडिटमा पनि कमिसन माग्दै प्रबन्धका हाकिम


१९ चैत्र २०७५, मंगलवार

काठमाडौं, १९ चैत । नेपाल प्रहरीको खरिद बिक्री गर्ने प्रबन्धका हाकिमहरुले ५० करोडको लत्ताकपडाको ठेक्का दिइसकेपछि १० करोड बराबरको डीएमएस जुत्ताको पनि ठेक्का पनि ज्ञानेन्द्र बस्नेतलाई दिइसकेका छन् ।

nepal police WW1clRuZ8f

आर्थिक बर्ष सुरु हुनासाथ ठेक्कमा दिनुपर्नेमा ८ महिनापछि टेण्डर गरि प्रक्रिया सुुरु गरिएको छ । यसरी ८ महिनापछि गरिएपछि ठेकेदारले आर्थिक बर्षको अन्तिमसम्म पनि बुझाउन नसक्ने भएकाले यो बर्ष प्रहरीले जाडोमा न्यानो ज्याकेट र स्वेटर त पाएनन् नै गर्मीको सिजनका कपडा पनि पाउन कठिन देखिएको छ ।

प्रहरीको ठेक्कामा चलखेल भएको समाचार त बारम्बार आइरहेकै छ । तर प्रबन्धका इन्स्पेक्टर केशवप्रसाद गौतमले लेखापरीक्षण गर्नका लागि ठेकेदारहरुसँग कमिसन माग गरेका छन् । स्रोतका अनुसार प्रबन्धका इन्स्पेक्टर गौतमले ठेकेदारहरुसँग महालेखा परीक्षक कार्यालयबाट आउने लेखापरीक्षण गर्नेलाई दिनुपर्ने भो, नत्र बेरुजु देखाइदिन्छन् भन्दै रकम माग्ने गरेका छन् । आइजीपीलाई समेत गुमराहमा पारी केशव गौतमले अडिट गराउँदा समेत कमिसन मागेर हैरान पार्ने गरेको एक ठेकेदारको गुनासो छ । सामानको कमिसन बुझाएर अडिट गर्दा समेत कमिसन मागेपछि ठेकेदार आजित भएका छन् । अडिटमा समेत कमिसन मागेका गौतमले आइजीपी सर्वेन्द्र खनाललाई समेत गुमराहमा पार्दैआएका छन् ।

यसैबीच, एसएसपीमा बढुवा हुनासाथ प्रहरी हेडक्वाटरको महत्वपूर्ण मानिने आर्थिक प्रशासनको तालाचावी दिएर मात्र नपुगी बजेट समेत हेर्ने जिम्मा दिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७