देउवा सिध्याउने त्यो डिनर


२० चैत्र २०७५, बुधबार
deuwa

काठमाडौं, २० चैत । अघिल्लो शनिबार नेपालका एकजना व्यापारी राजेन्द्र बजगाईंको जोडी बालुवाटारको रेष्टुरेण्टमा पस्यो । मोबाइलमा कुरा गर्दै आएका उनले रेष्टुरेण्टको नाम अर्का व्यक्तिलाई टिपाउँदै थिए ।

करिब दश मिनेटपछि उनी बसेको टेबुलमा पुग्यो अर्काे जोडी– कांग्रेस नेता मीनेन्द्र रिजालको । जुस अर्डर भयो । जुस नसकिँदै रिजालले फोन दाबे र अर्का व्यक्तिलाई दिए ‘लोकेसन’ । त्यसलगत्तै आइपुगे महामन्त्री डा.सशांक कोइराला । त्यसपछि शुरु भयो ह्विस्कीसहितको खान्की । बजगाईं व्यापारिक पृष्ठभूमिका र महासमिति सदस्य हुन् । पछिल्लो समय विदेशमा व्यापार गरी नेपाललाई कर छल्नेको सूचीमा परेका ।

deuwa


उक्त डिनरको उद्देश्य थियो देउवामाथि कारबाहीका लागि उजुरी । डा. रिजालले देउवाविरुद्ध उजुरी हाल्न उक्साएको भए पनि बजगार्ईंले मानेका थिएनन् । उजुरी हाल्न रामचन्द्र पौडेल या शशांक कोइरालाले आड दिनुपर्ने उनको माग थियो । त्यसपछि त्यो अवसर जुटाइदिने जिम्मेवारी डा. रिजालले लिए र सो डिनरको आयोजना हुन पुग्यो, आजको जनआस्थामा साप्ताहिकमा समाचार छ ।

बजगाईंले दोस्रो संविधानसभामा पहिलो पार्टी रहेको कांग्रेस देउवाकै कारण यो हालतमा पुगेको भन्दै उनलाई कारबाही गर्न गत बिहीबार अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । उजुरी फिर्ता लिन नेपाल तरुण दलले धम्की पनि दियो ।

के–कसरी यो उजुरी आयो भन्ने विषयमा पार्टीभित्र निकै खोजी भयो, खुलेन । तर, उनले नै फोटो फेसबुकमा हालेपछि अन्ततः त्यसको भेद खुल्यो । क्यासिनो कारोबारीको रुपमा चिनिएका यी व्यापारी किन सभापतिकै विरुद्ध खनिए, पार्टी तथा भ्रातृ संगठनले यतिविधि दबाब दिँदा पनि उजुरी फिर्ता लिन किन मानेका छैनन् भन्नेबारेको खोजी भने बडो चाखलाग्दो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७