कन्हैया अर्थात् बिद्रोह


२० चैत्र २०७५, बुधबार
kanhiaya

खिम पन्थी


‘हम लडेङ्गे, हम जितेङ्गे’ एक बिद्रोही युवा जसले आजादी को नारा घन्काउँछन् । जो अन्धो राष्ट्रवादप्रति निर्मम प्रहार गर्छन् । भ्रस्टाचार, छुवाछूत, अन्धविश्वास र धार्मिक सापेक्षताप्रति धावा बोल्छन् । र, बारम्बार राष्ट्रद्रोहीको आरोप झेल्छन् । उनै कन्हैया अर्थात् डा. कन्हैया कुमार आज प्रजातन्त्र बचाउनको लागि भन्दै बिहार को बेगुसराय जिल्ला बाट लोकसभा चुनाब मा खडा भएका छन । भारतीय कम्युनिस्ट पार्टिको उम्मेदवारको रुपमा । उनका प्रतिद्वन्दी छन् भारतीय जनता पार्टीका नेता तथा बहालवाला केन्द्रीय मन्त्री गिरिराज सिंह ।

kanhiaya
डा. कन्हैया कुमार

बिहारको बेगुसराय जिल्लाको निम्न बर्गीय किसान परिवारमा सन् १९८७ मा जन्मिएका कन्हैयाको जीवनमा राजनितिक जीवन भर्ने काम जवाहरलाल नेहरु विश्वबिद्यालयले गर्‍यो । जहाँ उनी भुगोलको डिग्री पछाडि थप अध्ययनका लागि पुगेका थिए ।

जहिले खुलारुपमामा आलोचनात्मक बहस हुने बिश्वबिद्यालयमा सानैदेखि कम्युनिस्ट भुमिमा हुर्किएका कन्हैया राजनितिक भूमिकामा संलग्न नहुने कुरै भएन । जातीय विभेद, धार्मिक असहिष्णुता र धार्मिक कट्टरताको विरुद्ध आफूलाई खरो उतार्दै कन्हैया त्यतिबेला चर्चामा आए जतिबेला उनी जवहारलाल नेहरु बिश्वबिद्यालय बिद्यार्थी युनियनको सभापतिमा बाम बिद्यार्थी संगठनको तर्फबाट निर्वाचित भए ।

विश्वबिद्यालय परिसरमा सीमित आफ्नो परिचयलाई फेर्ने घटना बनेर आयो २२ फ्रेबुअरी २०१६ । जुन दिन उनलाई भारतीय संसद भवनमा भएको आतंककारी हमलाको दोषी ठहर गरिएका अफजल गुरुलाई दिएको मृत्युदण्डको सजाय विरुद्ध बिश्वबिद्यालयमा भारत बिरोधी नारा लगाएको अभियोगमा दिल्ली प्रहरीले पक्राउ गर्‍यो । उनीमाथि राष्ट्रद्रोहको आरोप लगाइयो ।

kanhiya 1
8c5d1f26 2101 4b48 b04d 8bdba0420f74

बिपक्षी भारतिय जनता पार्टीसँग निकट विद्यार्थी संगठनले उनीबिरुद्ध उजुरी ग¥यो । उनलाई अदालत परिसरमै हमला गरियो । उनले नाराबाजी गरेको फर्जी भिडियो टेलिभिजन मार्फत् भाइरल बनाइयो र बिद्यार्थीको एक बिद्रोही नेतामाथि राष्ट्रद्रोहीको ट्याग भिराउने जबर्जस्त प्रयत्न गरियो । उनको गिरफ्तारीपछि बिश्वबिद्यालयमा प्रदर्शनहरु भए । हजारौं बिद्यार्थी, प्राध्यापक, बौद्धिक जमात उनको समर्थनमा देखिए । अदालतले उनीमाथि लागेको आरोपलाई खारेज गर्यो । उनी जमानतमा रिहा भए ।

त्यसपछि टेलिभिजनका पर्दाहरुमा उनी छाउन थाले । जेलबाट निस्केपछि उनले हुंकार गरे ‘हो हामी आजादी चाहन्छौं तर भारतबाट होइन भारतभित्र । प्रत्येक कार्यक्रममा उनी आजादी को नारा घन्काउन थाले । उनीहरु गाउँथे हामी आजादी चाहन्छाैं, भोकमरीबाट आजादी । बेरोजगारीबाट आजादी । गरिबीबाट आजादी । र, हामी आजादी लिएरै छाड्छौं !

images 1

उनी आफ्नो मन्तब्यमा नरेन्द्र मोदी सरकार को कडा बिरोध गर्छन् । भाजपाले चुनावी घोषणापत्रमा लेखेका बाचाहरु पूरा नगरेकोमा आगो ओकल्छन् । धार्मिक अतिवादका बिरुद्ध खरो बोल्छन् । विभिन्न स्थानमा हुने दमनविरुद्ध आवाज उठाउँछन् ।

अल्पसंख्यकमाथि गरेको विभेदबिरुद्ध नारा लगाउँछन् । तसर्थ कट्टर समूह उनलाई देशद्रोही भन्छन् र उनको समूहमा रहेका शेला रसिद, उमर खालिद लगायतलाई टुकुडे टुकुडे ग्याङको बिल्ला भिराउँछन् । तर कन्हैया बोल्न छाड्दैनन् । कन्याकुमारीदेखि काश्मिरसम्मका जनताको हक र समानताको कुरा गर्छन् । उनीमाथि जिब्रो काटिदिने धम्की आउँछ । गोली हानेर हत्या गरेमा ११ लाख इनाम दिने भन्ने पोस्टर नयाँदिल्लीका भित्ताहरुमा टाँसिन्छ्न । तर कन्हैया झन् तेजसँग सरकारको बिरुद्धमा धावा बोल्छन् । भन्छन् सरकारको खबरदारी गर्नु कुनै राष्ट्रघात होइन । यही जिकिरमा उनी आजादीको बाटो मा कुदिरहेका छन् ।

गरिब परिवारका कन्हैया यतिबेला दिल्लीबाट बेगुसराय फर्केका छन् । भारतीय कम्युनिस्ट पार्टीले उनलाई लोकसभाको उम्मेदवार बनाएको छ । भाजपा नेताहरु उनीसँग झस्किएका छन् । भाजपा उम्मेदवार मोदी सरकारका मन्त्री गिरिराजले बेगुसरायमा आफूलाई उम्मेदवार पठाएकोमा पार्टीसँग असन्तुष्टि पोखेको कुरा मिडियामा आएको छ । आफूलाई चुनावी खर्च दिएर सहयोग गर्न भन्दै कन्हैयाले क्राउड फन्डिङ शुरु गरेका छन् । ३ दिनभित्र ३० लाख भन्दा बढी सहयोग उठेको उनका सहयोगीहरुले बताइरहेका छन् ।

ह्याकरहरुले उनको वेबसाइटमाथि पटक पटक हमला गरेर फन्डिङलाई अबरोध गरिरहेका समाचारहरु आइरहेका छन् । गुजरातबाट उनका मित्र तथा स्वतन्त्र सांसद जिंगेश मेवानी यतिबेला बिहारमा छन् । उनी कन्हैयाको लागि भोट माग्दै साइकलमा कुदिरहेका देखिन्छन् । अर्का चर्चित युवा हार्दिक पटेल तथा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवाल उनलाई सहयोग गर्न बेगुसराय आउने समाचारहरु आएका छन् । नेपालका खासगरी बाम युवा पनि उनको पक्षमा सामाजिक सन्जालमा लेखिरहेका छन् ।

कन्हैयाका बुबा यतिबेला प्यारालाइसिस ले बिस्तारमा छन् । उनकी आमा मजदुरी गरेर घर चलाउँछिन् । बिद्याबारिधी गरेका यी युवा भने देशका जनताको आजादीका कुरा गर्दै चुनावी मोर्चामा होमिएका छन् । भारतीय संस्थापनका बागी यी विद्रोही बेगुसरायका जनताको मत जितेर लोकसभामा पुग्छन् पुग्दैनन् मत परिणाममै निर्भर गर्ने छ ।

तर भारतको आन्तरिक राजनीतिभित्रको बिसंगति र राजनीतिभित्र को धार्मिक कट्टरता र भ्रष्टाचार विरुद्धको आम युवापंक्तिको आक्रोशलाई भने कन्हैया, जिङ्गेश र हार्दिक पटेलहरु को युवा समूहले ओकल्ने साहस पक्कै गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७