विवाहका लागि वर खाज्दै सोनाक्षी


२० चैत्र २०७५, बुधबार
sonkshi

काठमाडौं, २० चैत : बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले चाडै विवाह गर्न चाहेको बताएकी छिन् । फिल्म ‘कलंक’को प्रचारमा रहेकी सिन्हाले विवाह गर्न तयार रहेको र योगय वरको खोजिमा रहेको बताएकी हुन् ।

sonkshi

फिल्मको प्रमोसन गर्न एक टिभी सो कार्यक्रममा पुगेका सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्टलाई होस्टले प्रेम जीवन र विवाहको विषयमा प्रश्न गरेका थिए । तीनै जलाई विवाह कहिले गर्ने भनी सोधिएको प्रश्नमा सोनाक्षीले चाँडै गर्न चाहेको बताएकी हुन् । उनले भनिन्, ‘म विवाहका लागि तयार छु, तर योग्य वर भेटिरहेकी छैनँ, जसलाई म जीवनसाथी बनाउन सकूँ ।’

फिल्ममा सोनाक्षी सिन्हा, वरुण धवन, आलिया भट्ट, आदित्य राय कपुर, सञ्जय दत्त र माधुरी दीक्षितलगायत कलाकार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७