प्रवासी एकता मञ्च कतारद्धारा आँधीहुरी पीडितहरुलाई सहयोग


२० चैत्र २०७५, बुधबार
CPN Help

काठमाडौं, २० चैत : आइतबार साँझ आएको आँधीहुरीबाट पीडितहरुलाई प्रवासी नेपाली एकता मञ्च कतारले आर्थिक सहयोग गरेको छ । बारा–पर्साका पीडितहरुका लागि एक लाख सहयोग गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासीहरुको संगठन मञ्चले पार्टी मुख्यालयको प्राकृतिक विपत्ति कोषमा सो रकम जम्मा गरेको मञ्चका संयोजक चानक पोखरेलले बताए ।

CPN Help

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ। जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ। साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा र्पुयाएको छ। त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ। यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो।

गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७