महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिमा योजना अव मेगा बैंकबाट पनि पाईने


२० चैत्र २०७५, बुधबार
Mega Mahalaxmi Insurance QeoTJLg4zY

काठमाडौं,चैत २० । मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

Mega Mahalaxmi Insurance QeoTJLg4zY

बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले उक्त सम्झौता भएको बैंकले जनाएको छ । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७