९९ वर्षका राष्ट्रकवि घिमिरेद्वारा मतदान


२१ मंसिर २०७४, बिहीबार
madhav ghimire

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् ।madhav ghimire

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।

 ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७