नेपाललाई यू–१९ विश्वकपमा छनौट गराउने जिम्मा रोहितलाई


२१ चैत्र २०७५, बिहीबार
rohit kumar paudel

काठमाडौं, २१ चैत । यू–१९ विश्वकपमा नेपाललाई छनौट गराउने जिम्मा रोहितकुमार पौडेललाई जिम्मेवारी दिइएको छ । सन २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा एसियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी जिम्मा रोहितलाई दिइएको हो ।

यू–१९ र सिनियर राष्ट्रिय टोलीबाट नियमित खेल्दै आइरहेका रोहितले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पहिलो पटक नेपाली टोलीको कप्तानी गर्न लागेका हुन् ।

नेपालले उनको कप्तानीमा मंगलबार १४ खेलाडीको छनोट गरेको हो । नेपाली टोलीमा कप्तान रोहितसँगै अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, महमद आसिफ शेख, पवन सर्राफ, प्रतिश जीसी, रासिद खान, रीत गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

विश्वकप छनोटका लागि हालै भारतको आन्ध्र प्रदेशमा गरिएको अभ्यास खेलसहितको वैदेशिक प्रशिक्षणपश्चात् नेपाली टोलीको अन्तिम १४ जनाको छनोट गरिएको हो । आन्ध्र प्रदेशको भ्रमणमा सहभागी भएकामध्ये आकाश चन्द, लोकेशबहादुर बम, रभिकुमार शाह र शेर मल्ल भने वैकल्पिक खेलाडीमा परेका छन् ।

अप्रिलको १० देखि १८ तारिखसम्म मलेसियामा हुने प्रतियोगिताको लागि नेपाली टोली शनिबार मलेसिया जानेछ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), सिंगापुर, ओमान र कुवेत सहभागी हुनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने छ । प्रतियोगिताको शीर्ष एक टोली सीधै दक्षिण अफ्रिका विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७