हार्दिकले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेपछि चेन्नईको पहिलो हार


२१ चैत्र २०७५, बिहीबार
hardik pandya

काठमाडौं, २१ चैत(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले पहिलो हार ब्यहोरेको छ । मुम्बईको हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा बुधबार राती मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा घरेलु टिमले चेन्नईलाई ३७ रनले हराएको हो ।

हार्दिक पान्ड्याले १५ ओभरको पहिलो बलमा महेन्द्रसिंह धोनीलाई १२ र चौथो बलमा रविन्द्र जडेजालाई १ रनमा आउट गराएको थिए भने । ८ बलमा २५ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरेका थिए ।

१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

१७१ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवात राम्रो गर्न सकेन । पहिलो ओभरको चौथो बलमै ओपनर आम्बती रायडूलाई जोसन बेहरनडोफले विकेटकीपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिए फर्काए । दोस्रो ओभरको दोस्रो बलमा मलिङ्गाले शेन वाटशनलाई ५ रनमा क्याच आउट गराए ।

पाँचौ ओभरको अन्तिम बलमा बेहरनडोफको बलमा छक्का प्रहार गर्न खोज्दा बाउन्ड्री नजिकै किराण पोलार्डले सुरेश रैनाको उत्कृष्ट क्याच लिएपछि चेन्नई संकटमा परेको थियो ।

हार्दिक पान्ड्याले १५ ओभरको पहिलो बलमा महेन्द्रसिंह धोनीलाई १२ र चौथो बलमा रविन्द्र जडेजालाई १ रनमा क्याच आउट गराएपछि चेन्नईको जित कठिन बनेको थियो । चेन्नईको विकेट पतन निरन्तर जारी रह्यो । रैना १६, ड्वेन ब्राभो ८, दिपक चाहार ७ रनमा आउट हुँदा सार्दुल ठाकुर १२ रनमा अविजित रहे ।

मुम्बईको जितमा लाथिस मलिङ्गाले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्याले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जोशन बेहरनडोफको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५९ रन बनाए । उनले ४३ बलमा आठ चौका प्रहार गरेका थिए ।

यस्तै क्रुनाल पाण्ड्याले ३२ बलमा ४२ रन बनाए । हार्दिक पाण्ड्याले पनि ८ बलमा २५ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरेका थिए ।

कप्तान रोहित शर्मा १३, क्विन्टन डी कक र युवराज सिंह समान ४ रनमा आउट भएपछि दवावमा परेको मुम्बईलाई चौथो विकेटका लागि क्रुनाल पान्ड्या र यादवले विकेटको ६२ रनको साझेदारी गर्दै सम्मानजनक लक्ष्य सम्म पुर्याए । कु्रनाल पान्ड्याले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे । हार्दिक पान्ड्याले ८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा अविजित रहे ।

किराण पोलार्डले ७ बलमा २ छक्काप्रहार गर्दै १७ रनमा अविजित रहे । अन्तिम ओभरमा ब्राभोलाई पोलार्डले तेस्रो बलमा छक्का, पान्ड्याले चौथो बलमा छक्का,पाँचौ बलमा चौका प्रहार र अन्तिम बलमा छक्का प्रहार गर्दै २९ रन बटुलेपछि मुम्बई बलियो अवस्थामा पुग्यो ।

चेन्नईका लागि मोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा,ड्वेन ब्राभो र दिपक चाहारले समान एक विकेट लिए ।

चेन्नईले आफ्नो पाँचौ खेल ६ अप्रिलमा किंग्स इलाभेन पन्जावसँग खेल्ने छ । यस अघि मुम्मईले बेंगलोरलाई हराउदा गर्दा दिल्ली र पन्जावसँग पराजित भएको थियो । मुम्बईले आफ्नो पाँचौ खेल सनराइजर्स हैदरावादसँग ६ अप्रिलमा खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७