बारामै अड्डा जमाएर उद्दार र राहतमा खट्दै युवा-विद्यार्थीका नेतृत्व


२१ चैत्र २०७५, बिहीबार
Nepal communist party youth and student leader12

बारा, २१ चैत : आइतबार साँझ आएको आँधीहुरी प्रभावितहरुको उद्दार राहतमा युवा विद्यार्थीहरु बारामा निरन्तर खटिरहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा तथा विद्यार्थीहरुका नेताहरु टोली नै लिएर मुख्य प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर उद्दार तथा राहतमा सक्रिय भएका हुन् ।

नेकपा निकट युवा संगठनहरु युवा संघ, नेपाल र योङ्ग कम्युनिष्ट लिगका शिर्ष नेतृत्व सोमबारदेखि निरन्तर बारामा खटिरहेका छन् । विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तीकारी)का नेताहरु पनि फेटा गाउँपालिकामा क्रियाशिल छन् ।

Nepal communist party youth and student leader

युवा संघका अध्यक्ष रमेश पौडेल सहित वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतका नेताहरु बारामा छन् । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ टोली नै लिएर सोमबारदेखि बारामा खटिरहेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्ग, उपाध्यक्ष दिपेश पुन पनि बारामा सक्रिय छन् । अखिलका उपाध्यक्ष रश्मी आचार्य, महासचिव ऐन महर, सचिव आरती लामा सहितका नेताहरु बारामा सक्रिय छन् ।

उद्दार सकिएपछि अस्थायी टहरा निर्माणमा अखिलको टोली सक्रिय भएको महासचिव महरले बताए । अति प्रभावित क्षेत्रमा आफूहरु खटिरहेको उनको भनाई छ । महासचिव महर टोली नै लिएर क्रियाशिल छन् ।

प्रदेश नम्बर २ नै घर भएकी सचिव लामा सोमबारदेखि नै खटिरहेकी छिन् । बिभिन्न जिल्लाबाट आउने अखिलको टोलीसँग समन्वयको साथै अस्थायी टहरा निर्माणमा उनी लागिरहेकी छिन् ।
जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ । साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा र्पुयाएको छ । त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो ।

गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७