भक्तपुर बालकोट मतदान केन्द्रमा काँग्रेस र एमालेबीच झडप


२१ मंसिर २०७४, बिहीबार
Election 2074 nepal 8

काठमाडौं: भक्तपुर क्षेत्र नं २ बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् । मतदान भइरहेका बेला काँग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरूको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ ।

Election 2074 nepal 8
फाइल तस्बिर

काँग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् । भक्तपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बस्नेतले भने काँग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरेका छन् । झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ ।
घाइते हुनेमा युवा सङ्घका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरूको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७