स्थगित भएको प्रदेश–२ को एसइई परीक्षा आजदेखि सुरु


२२ चैत्र २०७५, शुक्रबार
see

काठमाडौं, २२ चैत । विभिन्न विषयका प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश-२ को एसइई परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले स्थगित परीक्षाहरु आजदेखि सञ्चालन गरेको हो ।

परिक्षा २९ गते सकिन्ने छ । । विद्यार्थीले आज विज्ञान विषयको परीक्षा दिएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भोलि २३ गते सामाजिक अध्ययन, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ ।

प्रदेश–२ मा विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षाअगावै लगातार बाहिरिएपछि प्रदेश सरकारले तत्कालका लागि परीक्षा स्थगित गरेको थियो ।

प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी बताए ।

परीक्षामा सबैलाई मोबाइल निषेध

परीक्षा मर्यादित्त बनाउन र अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्ष बाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाको साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७