तीन दिनकाे मौसम : चट्याङ, हावाहुरीसहित देशैभर वर्षा


२३ चैत्र २०७५, शनिबार
bad weather

काठमाडौँ, चैत २३ : पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखी काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।

bad weather

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो ।

सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ ।

उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताएकी छन् ।

काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी जस्ताको तस्तै

जारी मिति : चैत्र २३ गते (शनिबार)बिहान ६:०० बजे

चैत्र २३  गते (शनिबार) :

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ | 

राति: देशको अधिकांस भूभागहरुमा  सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ |

चैत्र २  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागकाथोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वी र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७