कसरी आनन्दित र स्मरणीय बनाउने यौन सम्बन्ध ?


२३ चैत्र २०७५, शनिबार
Couple

काठमाडौं, २३ चैत । यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् । हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा गर्नसक्ने खालको छैन । त्यसैले गर्दा पनि हामी समाजमा यौनसम्बन्धी कुरा गर्न डराउँछौं ।

Couple

त्यसैले यौनजीवनका बारेमा हामीमध्ये कति भ्रममारहेका पनि हुन्छौं । यौन सम्बन्धलाई लिएर हामीमा केही कौतुहल हुनु पनि नकारात्मक कुरा होइन । विवाहको उमेर पुगेकाहरु र विवाहको तयारीमा रहेकाहरुलाई विवाहको पहिलो रात आफू पूरै सफल हुन सकिन्छ कि सकिँदैन, आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्छ कि सकिन्न भनेर चिन्ता हुने गर्छ । विवाहको रातको विषयलाई लिएर कतिपय मानिसहरु नर्भस पनि हुने गर्छन् । विवाहको रात कस्तो महसुस हुन्छ के यो सुखद् अनुभव हुन्छ भन्ने खालका प्रश्नहरुले दिमागमा डेरा जमाउन पनि सक्छ । कतिपय अवस्थामा त यस्तो पनि हुन्छ कि सेक्स दुःखद् र पीडादायक हुन्छ भन्ने भ्रम पालेर बसेका जोडी पनि हुन्छन् र उनीहरुलाई सेक्स कसरी सुरु गर्ने भन्नेबारे पनि थाहा हुँदैन । कतै तपाईंलाई पनि यस्तै समस्याले सताएको त छैन रु छ भने पनि चिन्तित नहुनुहोस् । यहाँ हामीले केही टिप्स तपाईंलाई दिँदैछौँ– कसरी आफ्नो विवाहको पहिलो रातलाई आनन्ददायक, सुखी र यादगार बनाउने ।

१। तपाईं आफ्नो विवाहको पहिलो रात यादगार र आरामदायक बनाउन चाहनुहुन्छ भने सुरुवात पनि बिस्तार बिस्तारै गर्नुहोस् । आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । रमाइला कुराकानीबाट सुरुवात गर्नुहोस् र केही समय एकअर्काको साथमा रमाउनुहोस् । फेरि बिस्तारै आलिंगन हुँदै चुम्बन र अधरपानतर्फ अगाडि बढ्नुहोस् ।
२। तपाईं आफूलाई पनि आनन्ददायक वातावरण बनाउनुहोस् र पार्टनरको पनि इच्छा बुझेर अगाडि बढ्नुहोस् । दुवैलाई भरपूर आनन्द हुने किसिमले सुरुवात गर्नुहोस् ।
३। सेक्स प्राकृतिक कुरा भएकाले यसलाई पूर्णरुपमा आनन्ददायक बनाउने कोसिस गर्नुहोस्, जसका लागि आफ्नो पति वा पत्नीसँग सल्लाह लिन पनि नहिच्किचाउनुहोस् ।
४। हाम्रो समाजमा अझै पनि यौनको मामिलामा पहिलो सेक्समा महिलाको योनीबाट रगत आउनुपर्छ र युवतीलाई पीडा हुनुपर्छ भन्ने मान्यता छ तर यो सत्य होइन, यो नै महिलाको कुमारीपनको प्रमाण होइन भन्ने बुझ्नुहोस् ।
५। कहिलेकाहीं महिला बढी आत्तिएको वा चिन्तामा डुबेको अवस्था छ अथवा महिलालाई पीडाको अनुभूति भएको अवस्था छ भने लामो श्वास लिन र छोड्न लगाउनुहोस्, यसले महिलालाई केही आराम प्रदान गर्न सक्छ ।
६। तपाईं पहिलो पटक यौन सम्पर्क राख्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, यौन सम्बन्धमा प्रेमको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले प्रेमपूर्वक अगाडि बढ्नुहोस् ।
७। सेक्स गर्दाको समयमा आफ्नो पार्टनरसँग तालमेल मिल्नु एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले तपाईंको मनमा रहेका डर तथा भ्रमहरु वा जरुरी कुरा जुन तपाईंलाई गर्न मन छ, लाई सेक्सभन्दा अगाडि नै आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् ।
८। सेक्समा विश्रामले पनि महत्वपूर्ण अर्थ राख्छ । त्यसैले पनि आफ्नो पार्टनरलाई आफूप्रति पूर्णरुपमा हाबी हुन नदिनुहोस् नत आफू नै आफ्नो पार्टनरप्रति पूर्णरुपले हावी नै हुनुहोस् ।
९। एकअर्काको साथको भरपूर आनन्द लिनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ र तपाईंहरु एकअर्काको ख्याल राख्नुहुन्छ भने सेक्सको भरपूर मजा लिनसक्नु हुन्छ ।
१०। पूर्ण आत्मविश्वासका साथ बिस्तारै–बिस्तारै आफ्नो यौनकार्यलाई गति प्रदान गर्दै जानुहोस् । जसले गर्दा तपाईं आफ्नो सम्बन्धलाई अझ यादगार र आनन्ददायक गराउन सक्नुहुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७