भारतका ६ सय कलाकारको अपिल, ‘घृणा र कट्टरताले हाम्रो हाँसो खतरामा छ, भाजपालाई भोट नहालौं’


२४ चैत्र २०७५, आईतवार
Theatre Artists Appeal for People Not to Vote

एजेन्सी
मुम्बई, चैत २४ 
: बलिउडका ६ सय भन्दा धेरै कलाकारहरुले आसन्न लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई मतदान नगर्न संयुक्त अपिल गरेका छन् । भाजपाको धार्मिक संप्रदायवाद, संकीर्णताले आज गीत, नृत्य र हाँसो खतरामा परेको संविधान खतरामा परेको उनीहरुको दाबी छ ।

Theatre Artists Appeal for People Not to Vote

नसिरुद्धिन शाह, अमोल पालेकर, अनुराग कश्यप, डोली ठाकोर, लिलेट दुबे, नसिरुद्धिन शाह, अभिषेक मजुमदार, अनामिका हक्सर लगायत सहित ६ सय भन्दा बढी कलाकारहरुले यस्तो अपिल गरेका हुन् । कलाकारहरु नवराज जौहर, एमके रैना, महेश दत्तानी, कोंकणा सेन शर्मा, रत्ना पाठक शाह, संजना लगायत कलाकारले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन् ।

धार्मिक संप्रदायवाद,संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरू सधैं एक भएको संस्मरण गर्दै उनीहरुले भाजपाको संकीर्णताले संबिधान नै खतरामा परेको उनीहरुको भनाई छ । उनीहरुले भनेका छन्, ‘आज गीत, नृत्य र हाँसो खतरामा छन् । आज हाम्रो संविधान खतरामा छ। तर्क , बहस र असंतोषलाई निसासिने गराइँदैछ।’

उनीहरुले सबैभन्दा कमजोरलाई शसक्त बनाउन, स्वतन्त्रताको रक्षा गर्न, पर्यावरणीय रक्षा गर्न र वैज्ञानिक सोचलाई बढावा दिने पार्टीलाई मतदान गर्नै उनीहरुले आग्रह गरेका छन् । उनीहरुले यो चुनावलाई इतिहासकै कठिन चुनाव भएको बताएका छन् । भनेका छन्, ‘२०१९ को लोकसभा चुनाव स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा कठिन चुनाव हो । भाजपा केही समययता सत्तामा छ ।’

उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ अपिल गरेका छन् । भनेका छन्, ‘हाम्रो अपिल–कट्टरता, घृणाको विरूद्ध । त्यसैले बिजेपी र उसका सहयोगी विरूद्ध भोट हालौं… धर्म निरपेक्ष, लोकतान्त्रिक, समावेशी भारतका लागि भोट दिऔं…बुद्धिमत्तापूर्वक भोट हालौं ।’

विज्ञप्तिमा हस्तक्षार गर्ने अधिकांस कलाकारहरु थिएटरबाट बलिउडमा उदाएका हुन् । अपिल भारतका विभिन्न १२ भाषामा लिखित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७