समस्यामा फसेको कोशी करिडोर प्रसारण लाइनको काम शुरु


२४ चैत्र २०७५, आईतवार
koshi corrider

रमेश लम्साल
काठमाडौँ, २४ चैत्र । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ। प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटकरपटक आग्रह गर्दै आएको थियो।

koshi corrider

कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो। प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत २१ गते बिहीबारदेखि स्थानीय विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम शुरु गरेको छ। आयोजनाको प्रस्तावित मार्गबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए।

“कूल १७ टावर निर्माणमा अवरोध थियो, पटकरपटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित मार्गबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीयरुपमा गर्नसक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने छ”, उनले भने।

समस्या समाधानका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विशेष पहल गरेका थिए। समस्या समाधानका लागि मुख्यमन्त्री राईले धरान उपमहानगरपालिका र स्थानीय सरोकार भएका व्यक्तिसँग पहल गरेका थिए। रणनीतिक महत्वको उक्त प्रसारण लाइनमा देखिएको समस्या समाधान गरिदिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरेका थिए।

प्राधिकरणको आग्रहपछि मुख्यमन्त्री राईले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका सङ्घ तथा प्रदेशका सांसदलगायतसँग पटकरपटक छलफल गरेका थिए। उनले प्रसारणलाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरी राष्ट्रिय महत्वको आयोजनामा कुनै अवरोध गर्न नहुने भन्दै विश्वासमा लिएका थिए।

उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारीले गत मङ्सिर २८ गते प्रस्तावित मार्गबाट प्रसारण लाइनको निर्माण गरिएको विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करीब दुई सय मिटर पश्चिमबाट लैजान प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेका थिए। सोही आग्रहपछि प्रसारण लाइनको काम रोकिएको थियो।

कोशी करिडोर प्रसारण लाइनले कुनै असर नपर्ने र आयोजनामा समस्या आए निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत् खेर जाने अवस्था आउने भन्दै प्रवद्र्धकले गुनासो गदै आएका थिए। राष्ट्रिय आवश्यकतामा समेत समस्या देखिने भएकाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न प्राधिकरण र प्रवद्र्धकले अस्वीकार गरेका थिए।

प्रसारण लाइनले कुनै असर नगर्ने भन्दै प्राधिकरणले पुनःसर्वेक्षण गरी स्थानीयवासीको माग सम्बोधन गरेको र सबै प्रक्रिया पूरा गरी निर्माण भएकाले मार्गपरिवर्तन गर्न नसकिने अडानमा प्राधिकरण रहँदै आएको थियो। गत पुसमा मुख्यमन्त्री राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिकाका इञ्जिनीयर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एकरएकजना प्रतिनिधि सहभागी थिए। कार्यदलले मार्गपरिवर्तन गर्न नसकिने प्रतिवेदन तयार पारेको थियो। तर, सो प्रतिवेदनमा स्थानीय राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

प्राधिकरणले हाल प्रसारणलाइनको मार्ग भेँडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र, तमाखाम–सालबोटे–चिण्डे, डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ। सहमतिपछि अब सोही मार्ग हुँदै प्रसारणलाइन निर्माण हुनेछ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा १ नं प्रदेशकाा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त करिडोरको निर्माण गर्न लागिएको हो।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ। ती आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्। प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने सन्त्राष बढेर गएको थियो।

करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सन् २०१९ को जुनमा सक्नुपर्ने समयसीमा रहेको छ। सो करिडोरमा पर्ने कूल ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए।

केही दिनभित्रै तार तान्ने काम शुरु हुने उनको भनाइ छ। आयोजनाको अनुमानितलागत करीब रु तीन अर्ब ८० करोड रहेको छ। दोस्रो खण्डको इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सव स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यो प्याकेजको अनुमानित लागत करीब रु दुई अर्ब ६० करोड बराबर छ।

तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० ३३ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ। कूल अनुमानित लागत रु दुई अर्ब २५ करोड रहेको सो खण्डको काम सन् २०२० डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७