भारतमा २४ वर्षदेखि नेपाली भाषी पवन चाम्लिङको शासन


२४ चैत्र २०७५, आईतवार
Pawan Kumar Chamling Facebook

काठमाडौं,चैत २४ । नेपाली मूलका सिक्किम निवासी मूख्यमन्त्री पवनकुमार चाम्लिङ सबैभन्दा बढी समय मूख्यमन्त्री बन्ने नेता बनेका छन् ।

Pawan Kumar Chamling Facebook


उनले ज्योति बसुको रेकर्डलाई पनि तोडेका हून् । १२ डिसेम्बर सन् १९९४ मा पहिलो पटक मुख्यमन्त्रीको सपथ लिएका उनी अहिले पनि त्यही पदमा बहाल छन् । सिक्किमका मुख्यमन्त्री पवनकुमार चाम्लिङ २४ बर्षदेखि कार्यकाल सम्हालदै आएका छन् । ३२ वर्षको उमेरदेखि राजनीतिमा पाइला हालेका उनी सिक्किम डेमेक्रेटिक फ्रन्टमा आवद्ध छन् ।

२२ सेप्टेम्बर १९५० मा जन्मिएका उनी नरबहादुर भण्डारीको मन्त्रीमण्डलमा १९८९ देखि १९९२ सम्म उद्योग एवम् जनसम्पर्क मन्त्रीको भूमिकामा थिए । उनले १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट दर्ता गर्दै सिक्किमको राजनीतिमा नयाँ तरंग पैदा गरेका थिए ।

भारतको राजनीतिक इतिहास निकै समृद्ध छ। भारतले यस्ता राजनेता पनि पाएको छ जसले राष्ट्रको भलाईका लागि आफ्नो जीवन समर्पित गरे । भारतको एक राज्यमा नेपाली भाषीले २४ बर्षदेखि शासन गर्दै आएका छन् । भारतकै इतिहासमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री हुने अवसर उनले पाएका छन् । यहाँ त्यस्ता मुख्यमन्त्रीको चर्चा गरिएको छ जसले लोकप्रियताको आधारमा बर्षौसम्म सत्ताको बागडोर समहालेका छन् ।

Pawan Kumar Chamling

पवनकुमार चाम्लिङ
पवन चाम्लिङ भारतको सिक्किम राज्यका मुख्यमन्त्री हुन । नेपाली भाषीहरुको राज्य मानिने सिक्किममा ७५ प्रतिशत नेपाली र बांकी भोटियो र लेप्चा जाति रहेका छन् । सिक्किमका मुख्यमन्त्री पवन चामलिंग २४ बर्षदेखि कार्यकाल सम्हालदै आएका छन् । उनले १२ डिसेम्बर १९९४ मा राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । शासनसत्ताको बागडोर सम्हालेपछि सिक्किमे जनताहरु स्वर्णिम युगको सुरुवात भएको मान्दै आएका छन् ।

चाम्लिङ दोस्रो प्रजातान्त्रिक आन्दोलनका महानायक हुन। विश्वका नेपालीहरुलाई भाषागत र जातिगत आधारमा एकताको सूत्रमा बांधेर नेपाली जातिलाई संसारमा सर्वोत्कृष्ट जातिका रुपमा चिनाउने भन्ने मान्यतामा चाम्लिङ छन् । त्यस्तै, उनि भारतका १ करोड बीस लाखभन्दा बढी संख्यामा रहेका भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायका रुपमा मान्यता दिलाउन पनि दिलोज्यानले लागिपरेका छन् । उनिको महाअभियानलाई आमभारतीय नेपालीले सकारात्मकरुपमा लिएका छन् भने अर्कोतिर उनलाई सिक्किमको मात्र नभएर समस्त भारतीय नेपालीका राजनेता पनि मान्ने गरिन्छ । साथै, उनि २००४ जुलाई १३ देखि १५ सम्म “सिक्किम सम्मान सम्मिलन”  को आयोजना गरेर नेपाली भाषीहरुलाई सम्मान गरेपछि उनको लोकप्रियता अझ चुलिएको छ ।


(पूर्ण साक्षर) सिक्किम
अहिलेसम्म भारतमा ‘पूर्ण साक्षर’ को रेकर्ड दक्षिण भारतीय राज्य केरलको नाममा थियो। केरलको साक्षरता दर ९३.९१प्रतिशत छ। उल्लेखनीय छ, २६ मंसीर २०५१ मा पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) सिक्किमको सत्तामा आउँदा सिक्किमको साक्षरता दर ५६ प्रतिशत मात्र थियो। २४ वर्षको शासनअवधिमा सिक्किम प्रजातान्त्रिक मोर्चाको सरकारले शिक्षालाई प्राथमिकता दिँदै आएकोले नै सिक्किम आज देशकै पूर्ण साक्षर राज्य बन्यो।


चा मुख्यमन्त्री बनेका बेला सिक्किममा एउटा मात्र कलेज थियो। आज सिक्किममा कलेजको सङ्ख्या बढ़ेर २४ पुगेको छ। सिक्किममात्र भारतको एउटा यस्तो राज्य हो, जहाँ कलेजस्तरसम्म विद्यार्थीहरूलाई निःशुल्क पठनपाठन गराइन्छ।

सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारमा आउनुअघि राज्यमा एउटा पनि विश्वविद्यालय थिएन। तर अहिले सिक्किममा एउटा सरकारी स्तरको केन्द्रीय विश्वविद्यालय छ। साथै, राज्य विश्वविद्यालय चाँड़ शुरु गर्ने घोषणा पनि भइसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७