सेनाले किन खरिद गर्यो गुणस्तरहीन बुट ?


२५ चैत्र २०७५, सोमबार
nepal army boots

काठमाडौँ, २५ चैत । नेपाली सेनाको खरिदको टेण्डर सूचना निकल्दादेखि नै घोटाला हुने गरेको छ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले ठेक्कामा चरम भ्रष्टाचार गरेको कुरा उनी अवकाशको नजिक पुगेका बेला सार्वजनिक भयो ।

वर्तमान सेनापति पूर्णचन्द्र थापाले सेनाको खरिदमा अनियमितता गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए तर उनको पालामा पनि गुणस्तर टेष्ट गर्दा फेल भएका सामानहरु खरिद गर्ने क्रम सुरु भएको छ ।

पछिल्लो पटक गुणस्त फेल भएका रिपोर्ट भए पनि नेपाली सेनाले डिएमएस बुटको ठेक्का दिएको कुरा सार्वजनिक भएको छ । दुई पटकसम्म टेण्डर रद्द भई तेस्रो पटकमा स्वीकृत भएको टेण्डर प्रक्रिया पनि विवादमा परेको छ ।

न्यूनतम मूल्य १८ सय दर राखेकै भरमा ठेक्का दिए पनि आवश्यक कागजात हेर्नुपथ्र्यो या पर्थेन भनी प्रश्न उठाउँदै असन्तुष्ट पक्षले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी गरेको समेत थाहा भएको छ ।

नेपाली सेनाले ५० हजार जोर डिएमएस बुटको ठेक्का गरेको थियो । बुटको माथिल्लो भागमा छाला नै हुनुपर्ने भन्दै सेनाले आफ्नो प्रस्ताव अनुसारका टेण्डर फाराम नपरेको भन्दै दुई पटकसम्म रद्द गरेको थियो । तेस्रो पटकमा सेनाले हेटौँडास्थित फुटवेयर इण्डष्ट्रिज प्रालिलाई ठेक्का दिएको छ ।

उक्त प्रालिले आफूसँगको नमुना सेनाले मागेअनुसारको मापदण्ड रहेको भन्दै दिल्लीस्थित एसजीएसको रिपोर्ट हालेको छ, उक्त रिपोर्ट पास नभई फेल भएको कुरा बाहिर आएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछि सेनाका अधिकांश ठेक्का प्रक्रियाहरू न्यूनतम मूल्य कबोल गर्ने कम्पनीहरूलाई नै दिइँदै आएको छ ।

त्यसैअन्तर्गत डिएमएस बुटको ठेक्का पनि उक्त फुटवेयर इण्डष्ट्रिज प्रालिले पाएको हो तर टेष्ट रिपोर्ट नै फेल भएको उक्त फुटवेयरलाई कसरी ठेक्का दिइयो भन्ने प्रश्न अहिले उठेको छ । सेनापति थापालाई समेत झुक्याइएको त होइन भन्ने प्रश्नसमेत उठेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७