फेरि कसले रुवाउँदैछ कुलमान घिसिङलाई ?


२५ चैत्र २०७५, सोमबार
Kulman Gishing 1

प्राधिकरण ९ अर्बसम्म घाटामा नबोल्नेहरु अहिले आत्तिए

काठमाडौं, २५ चैत : एक वर्षअघि पत्रकार सम्मेलनमा नै रोएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सोमबार पनि भावुक बने । प्राधिकरणभित्रको भत्ता वितरणको बिषयमा विवादित समाचारहरु आएपछि सोमबार प्राधिकरणमा गरिएको पत्रकार सम्मेलनमा विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको बताउँदै उनीहरुले आफू बिरुद्ध षड्यन्त्र गरीरहेको बताए ।

Kulman Gishing 1
फाइल तस्बिर

नेपाललाई लोडसेडिङ मुक्त अभियानमा बनाएका घिसिङ यसअघि बल्ब खरिद प्रक्रियामा भष्टचार भएको भन्ने समाचार आएपछि पत्रकार सम्मेलनमै भक्कानिएर रोएका थिए । उनले भ्रष्टचार भएको भए झुन्डिनसम्म तयार रहेको बताएका थिए ।

पछिल्लो समयमा उनले गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो । यही बिषयमा प्रष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सोमबार पत्रकार सम्मेलनमा घिसिङ बोल्ने क्रममा गला अबरुद्ध भयो । उनले गला अबरुद्ध पार्दै विगतमा लोडसेडिङ गराउनेहरु आफू बिरुद्ध फेरि सक्रिय भएको बताए ।

भने, ‘पछिल्लो समय प्राधिकरणका केही कर्मचारी पूर्व कार्यकारी निर्देशकहरुका ईशारामा मेरा विरुद्ध षड्यन्त्र गरिरहेका छन्। प्राधिकरणका केही कर्मचारीलाई हामी लोडसेडिङ अन्त्य गरेर नाफा कमाईरहेका छौं भनेर विश्वास नै भएको छैन। उनीहरुलाई त्यो पचेको नै छैन। जसका कारण उनीहरु मेरो विरुद्ध लागेर जे मन लाग्यो त्यही बोल्दै हिँडेका छन। अनर्गल प्रचारबाजी गरिरहेका छन् ।’

‘६० लाख होइन सरकारले ६ लाख दिएको हो’
उनले पत्रकार सम्मेलनमा ६० लाख भत्ता नबुझेको बताए । राम्रोको मुल्याकंन गरेर सरकारले ६ लाख दिएको जानकारी दिए ।

भने, ‘मैले बैठकभत्ता ६० लाख बुझ्यो रे भनेर व्यक्तिगत रुपमा आक्षेप लगाएर बदनाम गर्ने उद्देश्यले कुराहरू बाहिर आएका छन् । मैले नेपाल सरकारसँग कार्यसम्पादन करार गरिसकेपछि इन्सेन्टिभका रुपमा मासिक २ लाख गरी वर्षमा २४ लाख र बैठक भत्ताका रुपमा ६ लाख रुपैयाँ लिएको छु। यसलाई नै केही मानिसहरुले ६० लाख भत्ता लियो रे भनेर अनर्गल प्रचार गर्दै आएका छन् ।’

उनले प्राधिकरणमा रहेको ट्रेड युनियन र युनियनमा आबद्ध केही कर्मचारीलाई स्पष्ट रुपमा इंगित गर्दै आफूविरुद्ध लागेको बताए । ‘निर्वाचित र आधिकारिक ट्रेड युनियन गत फागुन १७ गतेबाट आधिकारिक रहेन,’ उनले भने, ’नयाँ चुनावका लागि हामीले सहयोग गछौं भनेकौ छौं, तर केही व्यक्तिहरु आफैं चुनाव भाड्ने र प्राधिकरण व्यवस्थापनलाई बेइजत गर्न लागिपरेका छन।’

उनले प्राधिकरण ९ अर्बसम्म घाटामा जाँदा आनन्दले बस्नेहरु नै अहिले आफू बिरुद्ध लागेको बताए । उनले भने,‘प्राधिकरण ९ अर्बसम्म घाटामा जाँदा पनि कसैको चाँसो भएन, तर अहिले नाफा कमाउन थालेपछि उनीहरु आत्तिएका छन्। पाँच तहका कर्मचारी मेरा विरुद्ध लागेर बाहिर जे पायो त्यही बोल्दै हिडेको भन्ने सुनेको छु।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७