भाजपाको घोषणापत्र : गोर्खाल्याण्डको माग पूरा गर्ने फेरि अर्को आश्वासन


२५ चैत्र २०७५, सोमबार
BJP releases election manifesto promises Ram temple firm hand in dealing with terror and a 5 trillion economy

काठमाडौं, २५ चैत : सत्तारुढ दल भारतीय जनता पार्टीले लामो समयदेखि अलग गोर्खाल्याण्ड माग गर्दै आएका नेपाली भाषीहरुको माग गर्ने फेरि आश्वासन दिएको छ । भाजपाले यसअघिको घोषणा पनि माग सम्बोधन गर्ने बताएको थियो । तर, सत्तामा रहदा उसले यो मुद्दा सम्बोधनमा उदाशिनता देखायो ।

BJP releases election manifesto promises Ram temple firm hand in dealing with terror and a 5 trillion economy

सोमबार घोषणापत्र सार्वजनिक गर्दै भाजपाले दार्जिलिङ सिलिगुडी र सिक्किमका नेपाली भाषीहरुले उठाउँदै आएको गोर्खाल्याण्डलाई राजनीतिक समाधान खोज्ने जनाएको छ । उसले २१ औं बुँदामा भनेको छ, ‘हामी दार्जि्लिङ पहाड, सिलगढ़ी तराई र डुबर्स क्षेत्रको मुद्दाको स्थायी राजनीतिक समाधान खोज्नका लागि प्रतिवद्धता जाहेर गर्छौं ।’

सिक्किमबाट विधानसभामा तामाङ र लिम्बुलाई आरक्षण दिलाउनेसमेत प्रतिबद्धता जनाएको छ । भारतीय गोर्खा आदिवासीमा ११ वटा नेपाली समुदायलाई समेट्ने आश्वासन समेत भाजपाले दिएको छ । घोषणापत्रको २० औं बुँदामा उसले भनेको छ, ‘हामी गोर्खा समुदायका जनजाति पाउनबाट छुटेका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिनेछौं ।’

BJP releases election manifesto

सिक्किम विधानमा लिम्बू–तामाङ समुदायका लागि सिट आरक्षणको मुद्दा यसअघि उठ्दै आएको छ । उसले त्यही मुद्दा उठाएका समुदायको मन जित्न यो प्रतिबद्धता जाहेर गरेको हो । २००३ सालमा सिक्किमका लिम्बू र तामाङ समुदायले जनजातिको मान्यता पाए तापनि अहिलेसम्म यी दुई समुदायले सिक्किम विधानसभामा आरक्षण सिट पाएका छैनन् ।

पश्चिम बंगालमा हाल त्रिणमूल कांग्रेसको बर्चश्व छ । बिगतमा लामो समय यहाँ वामपन्थीको बर्चश्व थियो र अहिले पनि पश्चिम बंगालमा मुख्य प्रतिस्पर्धा त्रिणमूल र भाकपा मार्क्सवादीनै हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहले सोमबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरेको हुन्।

घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणापत्र तीनवटा कुरामा आधारित रहेको जनाए । राष्ट्रवाद, दर्शन र सुशासन मूलमन्त्र भएको उनको भनाइ थियो ।

घोषणापत्रमा देशका सबै किसानका लागि प्रधानमन्त्री किसान सम्मान निधि योजना शुरु गरिने समेत घोषणापत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि २५ लाख करोड रुपैयाँ लगानी गर्ने घोषणापत्रमा उल्लेख छ । सन् २०२२ सालसम्ममा रेलमार्गलाई ब्रोडगेजमा परिवर्तन गरिने समेत जनाइएको छ ।

भाजपाको चुनावी घोषणापत्रमा भारत २०२५ साल सम्ममा ५ लाख करोड डलरको अर्थव्यवस्था हुने र २०३२ सम्ममा १० लाख करोड डलर बनाइने समेत जनाइएको छ । देशभरीमा ७५ वटा मेडिकल र इन्जिनियरिङ कलेज खोलिने, १७५ गिगावाट नवीकरणीय उर्जाको लक्ष हासिल गरिने योजना भाजपाको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७