डा. गोविन्द केसीको १२ औं अनसन स्थगित


११ आश्विन २०७४, बुधबार
Dr Gobinda KC

काठमाडौं :  डा गोविन्द केसीले तीन दिनअघि सुरु गरेको १२ औं अनसन स्थगन गरेका छन्। संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा छिराइएका गलत प्रावधान नहटाएसम्म अनशन नरोक्ने अडान लिएका केसीले बुधबार अनसन रोकेका हुन् ।

Dr Gobinda KC

डा.केसीले यसअघि आमरण अनशनस्थलमै आफ्नो आमाको हातबाट दसैँको टीका लगाउने योजना रहेको बताएका थिए । उनले भनेका थिए, ‘मेरो बुढी आमा हुनुहुन्छ । म हिन्दू धर्मावलम्बी हुँ । आमाको हातबाट टीका लगाउँछु ।’ अनसन सुरु भएको केही घन्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद् हाललाई स्थगित भएको तथा बडादशैं आएकाले हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको डा केसीले बताएका छन्।

डा केसीले आज विज्ञप्ति जारी गर्दै असोज १९ गतेसम्मका लागि अनसन स्थगन गरेको घोषणा गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य माग पूरा गराउन यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम सुरु हुने पनि जानकारी गराउन चाहन्छु।’

डा केसी माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने खेल भइरहेको भन्दै त्यस विरुद्ध गत सोमबारदेखि अनसन सुरु गरेका थिए।

उनले ८ साउन २०७४ मा ११ औं पटक अनसन सुरु गरेका थिए । उनले ३१ साउन २०७४ मा २३ दिन लामो आमरण अनसन स्थगित गरेको घोषणा थिए । देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका थिए । डा.केसी पहिलो पटक २१ असार २०६९ मा अनसन बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७