लिवियाको राजधानी व्रिदोहीको घेरामा, चुनौतीमा २३१ नेपाली शान्ति सेना


२५ चैत्र २०७५, सोमबार
LNA members commanded by Haftar head out of Benghazi to reinforce the troops advancing to Tripoli

काठमाडौं, २५ चैत : अफ्रिकी राष्ट्र लिविया संकटमा फसेको छ । विद्रोही समूह द लिवियन नेशनल आर्मी (एलएनए) ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि अवस्था तनावपूर्ण बनेको हो ।

LNA members commanded by Haftar head out of Benghazi to reinforce the troops advancing to Tripoli

लडाकुहरु राजधानी तर्फ अघि बढिरहेका छन्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देसन दिएपछि लडाकुहरु राजधानी तर्फ अघि बढिरहेका छन् । उनका लडाकुहरूले पूर्वतिरबाट राजधानी त्रिपोली घेरिरहेका छन् । सोमबार राजधानी नजिक भएको भिडन्तमा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

विद्रोही समूह लिवियन नेसनल आर्मी (एलएनए) ले विमानस्थल विद्रोहीको कब्जामा रहेको भन्दै ‘नो फ्लाई जोन’ घोषणा गरेको छ । तर, सेनाले सडकमार्ग भने चालु रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ । त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ ।’

उता संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हिफ्तरले कू गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन् ।

नेपाली सेना सुरक्षित, युएन कार्यालयको जिम्मा सेनालाई
यसैबीच संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ लिबियामा खटेका २३१ जना सुरक्षाकर्मी सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । उनीहरुले युएन कार्यालयको सुरक्षाको जिम्मा पाएको छ ।

‘मिसन हेडक्वार्टर तथा त्यहाँ कार्यरत युएन स्टाफहरूको सुरक्षा अन्समिलअन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन्,’ सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले भनेको छ,‘मिसनमा कार्यरत २३१ जना नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्।’

संयुक्त राष्ट्र संघले बाहिर जाउ नभनेसम्म नेपाली सैनिक त्रिपोलीमा रहेन नेपाली सेनाले जनाएको छ । यद्यपी अवस्था भने चुनौती पूर्ण नै रहेको एजेन्सीहरुले जनाएको छ । सन् २०११मा भएको विद्रोहबाट नेता मोउमर गद्दाफी मारिएपछि उत्तर अफ्रिकी मुलुक लिविया अशान्त छ ।

त्यसयता विभिन्न समूहबीच कसले सत्ता चलाउने भनेर हिंसात्मक द्वन्द्व जारी छ । अहिले विद्रोही समूहको नेतृत्व गरिरहेका पूर्व सैनिक अधिकारी हुन् । सैनिक अधिकृतका रूपमा हिफ्तरले गद्दाफीलाई राजा इदरिस प्रथमका विरूद्ध कू गर्दा सहयोग गरेका थिए। गद्दाफी शासनकालमा बढुवा हुँदै उनी बरिष्ठ अधिकृत भएका थिए।

सन् ८० को दशकमा लिवियाको चाडसँगको युद्धमा उनी कमाण्डर थिए। चाडले उनलाई कब्जामा लिएपछि भने उनले गद्दाफीको साथ छोडेर अमेरिकाको समर्थनमा गद्दाफीलाई सत्ताच्युत गर्न बनेको समूह ‘लिवियाको मुक्ति लागि राष्ट्रिय मोर्चा’सँग जोडिए।

त्यसपछि उनले त्यो मोर्चाको प्रमुख सैन्य अधिकारी भएर काम गरे। उनी अमेरिकामा बस्थे। गद्दाफी मारिएपछि उनी लिविया फर्किए। तर शासन हातमा लिन नसकेपछि उनी फेरि अमेरिका भासिए।सन् २०१४ मा उनले अमेरिकाबाटै कूको घोषणा गरे। उनको त्यो कू प्रयास असफल भए पनि उनी निरन्तर सत्ता हत्याउन प्रयत्नरत छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७