काममा नफर्किने डाक्टरलाई कार्वाही

‘चिकित्सकको आन्दोलन संघीयता विरोधी’


२६ चैत्र २०७५, मंगलवार

काठमाडौं, २६ चैत । चिकित्सकहरुले अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित पार्नु गैरजिम्मेवारपन भएको ठहर गर्दै काममा नफर्किने डाक्टरलाई कार्वाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

health ministry

सरकारी चिकित्सकको हड्तालका कारण सेवा अवरुद्ध भएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू नगए अब कार्वाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सरकारले भनेको नमानेमा नियमअनुसार कार्बाही गरिने मन्त्री यादवले बताए ।
स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पत्रकारहरूको प्रश्नमा उपप्रधानमन्त्री यादवले सबैभन्दा बढी जनता गाउँमा बसेका हुनाले चिकित्सकहरू गाउँ गाउँमै जानुपर्ने बताए ।

म शहरमा मात्रै बस्छु भन्ने डाक्टरको माग हुनै नसक्ने यादवले बताएकाछन् । चिकित्सकहरूको आन्दोलन संघीयताविरोधीहरूको षड्यन्त्र भएको पनि मन्त्री यादवले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७