दोस्रो चरणमा ६७ प्रतिशत मत खस्यो, धेरै गुल्मीमा ७१ प्रतिशत


२१ मंसिर २०७४, बिहीबार

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।Ayodhi Yadav Election commission

निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।
निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।
उद्यपी अर्धाखीँची जिल्लाको सन्धीखर्कमा भने झडपका कारण स्थगित भएको छ । सहि नभएको मतपत्रमा रहेको भन्दै भएको झडपपछि मतदान स्थलमा तोडफोड समेत भएको आयोगले जनाएको छ । मतदान स्थगित भएको ठाँउमा केही दिनमा नै पुनः मतदान गर्ने आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
सम्पन्न मतदानसँगै संविधान कार्यान्वयन, संक्रमणकालको अन्त्य भएको प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले बताए । उनका अनुसार मतदान सम्पन्न भएका सबै जिल्लाका मतपेटीका सुरक्षित रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइउने कार्य जारी रहेको बताए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा रहनेछन् । पहिलो चरणमा मंसिर १० गते सम्पन्न मतदानको भने आजैबाट मतगणना सुरु भएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७