दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता


२१ मंसिर २०७४, बिहीबार
Ajambar VS Rajendra

भोजपुर: भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् ।Ajambar VS Rajendra

राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर राई काङमाङले ३४९ मत प्राप्त गरेका छन् ।

अहिले मतगणन भएको क्षेत्र दोभाने र खाटाम्मा हो । यो क्षेत्र अजम्बरको प्रभाव भएको क्षेत्र मानिए पनि राजेन्द्रले अग्रता लिएका हुन् । प्रतिनिधि सभाको एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाको दुई ठाउँ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोजपुरमा कुल मतदाता १ लाख १३ हजार ८ सय ९१ जना छन् । प्रतिनिधि सभाका लागि भोजपुरमा ६५ हजार ९ सय ५८ मत खसेको छ ।त्यस्तै प्रदेश सभा क्षेत्र नं १ मा ३४ हजार ९ सय ५८ मत खसेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र न. २ मा ३१ हजार मत खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७