हेल्थ इन्सपेक्सन समूहको सातौं, छैठौ, सहायक पाँचौं तह र सुपरभाइजर समेतको समायोजन सूची सार्वजनिक


२६ चैत्र २०७५, मंगलवार

काठमाडौं, २६ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्टको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले २०७५/१२/१४ निर्णय अनुसारको समायोजन मंगलबार सार्वजनिक गरेको जनाएको छ ।

यस्तै स्वास्थ्य सेवाको अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र छैठौं तह, हेल्थ असिस्टेन्ट ७, ६ र ५औं तह, अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट, अहेब ६, ५ र चौथो तह, अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सुची सार्वजनिक गरेको छ ।

यो पनि पढ्नुहोस्
स्वास्थ्य सेवाकाे ८, ९ र १० औं तहको सूची सार्वजनिक 
अहेब ६, ५ र चौथो तहको समायोजन सूची सार्वजनिक 
स्टाफ नर्स, कविराज, एनेस्थेटिक, पहेन, फार्मशी लगायतको ७, ६ र ५औं तहको समायोजन सूची सार्वजनिक
हेल्थ असिस्टेन्ट ७, ६ र ५ औं तहको सूची सार्वजनिक 
अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको
अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र ६ ६ औँ तहको सूची सार्वजनिक
स्वास्थ्य सेवाका ५, ६ र ७ औं तहको समायोजन सूची सार्वजनिक

यस्तै स्वास्थ्य सेवाको अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र छैठौं तह, हेल्थ असिस्टेन्ट ७, ६ र ५औं तह, सेवा हेल्थ इन्सपेक्सन समूह सुपर भाइजर, अहेब ६, ५ र चौथो तह, अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सुची सार्वजनिक गरेको छ ।

स्वास्थ्य सेवामा संघ, सात प्रदेश, स्थानीय तह र फाजिल गरी २७ हजार ३ सय २ कर्मचारीकाे दरबन्दी रहेकाे छ । २०७५ कर्मचारी संघमा र ३७३ प्रदेश नं १, ३३० प्रदेश नं. २, ३७१ प्रदेश नं. ३, ३३५ गण्डकी प्रदेश, ४६४ प्रदेश न ५, २०० कर्णाली प्रदेश, २२१ सुदुर पश्च्मि प्रदेश गरी २३९४ जना प्रदेशमा समायोजन भएको उल्लेख थियो । भने स्थानीय तहमा २२ हजार १ सय ७६, फाजिल ६ सय ५७ गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ ।

मन्त्रालयले साविकका क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवातर्फ ४ हजार ९८ दरबन्दी कायम गरिएको छ।

स्थानीय तहमा स्वास्थ्यको अधिकृत र सहायक गरी २५ हजार ६ सय ५४ दरबन्दी कायम भएको छ। जसअन्र्तगत अधिकृत २ सय १० र सहायक २५ हजार ४ सय ४४ कर्मचारीको दरबन्दी कायम भएको छ। स्थानीय तहको कूल दरबन्दीको ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७