घोषणापत्र बेचेरै निर्वाचन खर्च !


२ भाद्र २०७४, शुक्रबार
chunab nepal election

काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ । आजको राजधानीमा खबर छ ।

दोस्रो संविधानसभा बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा –माओवादी पनि स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता नगरेको क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्वतन्त्र रुपमा उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएको हो।

यसरी निर्वाचनमा होमिएको मोर्चाले आफ्नो चुनावी खर्चको मुख्य स्रोत भने चुनावी घोषणापत्रलाई बनाएको छ । मोर्चाले तयार पारेको घोषणापत्रको मूल्य १० रुपैयाँ राखिएको छ । यही घोषणापत्रको बिक्रीलाई मोर्चाले निर्वाचन प्रचारको स्रोतका रुपमा लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७