वीर अस्पतालमा प्रहरीले नै बाँड्यो ओपिडी टिकट, उपचार गर्न मानेनन् डाक्टर


२७ चैत्र २०७५, बुधबार
Bir Hospital

काठमाडौं, २७ चैत । वीर अस्पतालमा प्रहरीले नै विरामीका लागि ओपिडीको टिकट बाँडेको छ ।

Bir Hospital

समायोजनप्रति असन्तुष्ट चिकित्सकहरुले सेवा बन्द गरेको छैठौं दिनमा बुधबार प्रहरी लगाएर विरामीलाई टिकट बाँडिएको हो ।

यद्दपी डाक्टरहरुले भने काममा नफर्किने बताउँदै उपचार नगर्ने अडान लिइरहेका छन् । माग पूरा नभए राजीनामा दिने उनीहरुको चेतावनी छ ।

हाल कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७