धर्मगुरु दलाई लामा अस्पताल भर्ना, सुध्रेन स्वास्थ्य


२७ चैत्र २०७५, बुधबार
Dalai lama baiography

काठमाडौं, २७ चैत । तिब्बती धर्मगुरु दलाइ लामालाई भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।

Dalai lama baiography

छातीमा संक्रमण भएको लामाको स्वास्थ्य अवस्थामा त्यति सुधार नभएको र स्थिर रहेको बताइएको छ । लामाका निजी सहयोगी तेन्जिन तक्ल्खाले असहज महसुस गरेपछि धर्मशालाबाट दिल्ली लगिएको जानकारी गराएका छन् । ८३ वर्षीय लामा विगत ६० वर्षदेखि भारत निर्वासनमा रहँदै आएका छन् ।

‘चिकित्सकहरुले उहाँको छातीमा संक्रमण भएको पत्ता लगाएका छन र त्यसको उपचार भइरहेको छ’ तक्ल्खाले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘उहाँका स्वास्थ्य अवस्था अहिले स्थिर छ । थप दुई तीन दिन उहाँको उपचार हुनेछ ।’

लामालाई कसले प्रतिस्थापन गर्छन भन्ने विषयमा अस्पष्ट र विवादित रहेको छ । उनले लामाको उत्ताराधिकारी चिनियाँ नेताहरुले छनोट गर्ने बताएका छन् । लामाले चीनले छानेको उत्तराधिकारीलाई तिब्बतीहरुले स्वीकार नगर्ने बताउँदै आएका छन् ।

उनले तिब्बतमा नभएर अन्य स्थानमा पनि आफ्नो उत्तराधिकारी हुनसक्ने बताएका छन् । तिब्बती बौद्ध धर्मावलम्बीहरुले सबैभन्दा ठूलो धर्मगुरुको पुनर्जन्म बालकको रुपमा हुने गरेको विश्वास गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७