नायिकाको नग्न तस्विर बाहिरियो, हेर्नेले भने, ‘तिमीहरु नै हौं बलात्कार निम्त्याउने’


२७ चैत्र २०७५, बुधबार
sofia photo SYOh7zTndS

काठमाडौं, २७ चैत । नायिकाको नग्न तस्विर र भिडियोले बेलाबखत सामाजिक सञ्जालमा तरङ्ग फैलाउने गरेको छ ।

sofia photo SYOh7zTndS

अहिले फेरि एक चर्चित नायिकाको नग्न तस्विरले सामाजिक सञ्जाल तताएको छ । कन्ट्रोभर्सी क्विन सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा उनी चर्चामा छाइरहन्छिन् ।

सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर शेयर गरेकी थिइन् । यो तस्बिर शेयर गर्दै उनले लेखिन्, ‘भगवान् लज्जाभन्दा माथि छन् । यदि ‘डिभाइन मदर’ खुल्ला रुपमा तपाईं अघिल्तिर आउनुभयो भने के तपाईं उहाँलाई लाज लागेन भनेर सोध्नुहुन्छ ? या सायद तपाईंले आफैं सोध्नुपर्छ कि तपाईंको दिमागमा लाज किन छ ?’

so

अब सोफियाले ईश्वरको कुरा गरेर तस्बिर शेयर गरिन् । तर इन्स्टाग्राम प्रयोगकर्तालाई यो तस्बिर अश्लिल लाग्यो । त्यसपछि तस्बिरमा विभिन्न प्रकारको कमेन्ट आउन थाल्यो । कतिले त उनको तस्बिरलाई बलात्कारको कारण नै बताए । कुरबान नामका एक प्रयोगकर्ताले लेखे, ‘भारतमा बढ्दो बलात्कारको घटनाको वास्तविक कारण तपाईं नै हो । यदि देशमा नग्नतालाई बढाउने महिलाविरुद्ध कदम उठाइयो भने बलात्कारको घटना समाप्त हुन्छ ।’

s1

यो कमेन्टमा इन्स्टाग्राममा निकै बहस पनि भयो । केही मानिसहरु तस्बिरमाथि आपत्ति जताएका छन् भने कतिलाई यी प्रयोगकर्ताको कमेन्टमा रिस उठ्यो । शीतल नामकी एक प्रयोगकर्ताले लेखेकी छन्, ‘यदि यस्तो हो भने बलात्कारीको घरमा बलात्कार किन हुँदैन ? भास्कर प्रतिक नामका प्रयोगकर्ताले लेखे, ‘यो सबै टिआरपी पाउने एक स्टन्ट हो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७