अभिनेता नवाजुद्दीन सिद्दकीको फ्यानले नै भाँचिदिए हात


२७ चैत्र २०७५, बुधबार
nabajudhn

काठमाडौं, २७ चैत । बलिउडका अभिनेता नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्या पारेको छ ।

nabajudhn

नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे ।

त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको गला समातेर उनलाई आफूतर्फ तान्ने कोशिस गर्न थाले । नायकलाई प्रशंसकले तानेपछि त्यहाँका सुरक्षाकर्मी सतर्क भए । यद्यपि, यो तानातानमा नवाजुद्दीनको हात भाँच्चियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७