हेल्थ असिस्टेन्ट संघका अध्यक्ष अधिकारी बर्खास्त, लाग्यो यस्ता ९ आरोप


२७ चैत्र २०७५, बुधबार
han

काठमाडौं, २७ चैत । हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरेको छ। संघको आज बसेको बैठकले संघलाई सहयोग नगरेको भन्दै अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

han

पद, जेष्ठता, शैक्षिक योग्यता र खाइपाई आएको सेवा–सुविधा गुम्नेगरी कर्मचारी समायोजनको सूची प्रकाशित हुँदा पनि निर्णायक भूमिका निर्वाह नगरी संस्थालाई आफ्नो व्याक्तिगत स्वार्थमा उपयोग गर्ने थलो बनाएको आरोप संघले अध्यक्ष अधिकारीमाथि लगाएको छ ।

यस्तै उच्च शिक्षा अध्ययनको बाटो बन्द भई सेवा प्रवेश गर्न रोकिने अवस्था हुँदा समेत मौन बसेको आरोप पनि अधिकारीलाई संघले लगाएको छ ।

यस्ता छन् आरोप
– संस्थालाई गैरराजनीतिक भने तापनि चरम राजनीति गरेको ।
– पटकपटक किर्ते साधारणसभा गरी फर्जी विल भरपाई पेस गरी आर्थिक हिनामिना गरेको ।
– स्थानीय तहरुमा संयोजक तोक्दा आफू विदेश (एमपिएच) पढ्न जाने सर्तमा ट्रेड युनियनसँग बार्गे्निङ गरी गोप्य सम्झौता गरेको ।
– हान केन्द्रीय समितिको अगुवाइमा २०७५ पुस २४ गतेदेखि २०७५ माघ ४ गतेसम्म भएको आन्दोलनलाई आफ्नो स्वार्थमा हुनेगरी केन्द्रीय कमिटीको निर्णयविना नै सम्पूर्ण हेअहरुको विरुद्धमा सम्झौता गरेको ।
– कर्मचारी समायोजनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उल्टै विरोधीहरुसँग घुसपैठ गरी आम कर्मचारी साथीहरुको पेसागत मर्यादामा आँच पु¥याएको ।
– आम सदस्यहरुबाट संकलन गरिएको रकम मुद्दाको नाममा निर्णय र छलफलविना लाखौं हिनामिना गरेको ।
– संस्थाको नाम व्याक्तिगत सरुवा बढुवा तथा उच्च शिक्षामा प्रयोग गरेको ।
– संस्थाको विधानसम्वत् प्रत्येक दुईदुई वर्षमा गर्नुपर्ने साधारणसभा तथा सम्मेलन पाँच वर्ष पुगिसक्दा समेत अझै गर्ने पक्षमा नरहेको ।
– केन्द्रीय समिति बैठकका निर्णयहरु आफू अनुकूल मात्र सार्वजनिक गरेको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७