सात उत्कृष्ट गीत समावेश राजेश पायलको ‘दर्शन नमस्ते–४’ सार्वजनिक (भिडियोसहित)


२७ चैत्र २०७५, बुधबार
darsan Namste 4

काठमाडौं, २७ चैत । चर्चित गायक राजेश पायल राईको ‘दर्शन नमस्ते’ चौथो सिरिज ‘दर्शन नमस्ते–४’ सार्वजनिक भएको छ । सात उत्कृष्ट गीत समावेश गर्दे मंगलबार राजधानीमा एक भव्य समारोह एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बम संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका भैरव बहादुर थापाले गरे । सातवटा उत्कृष्ट गीतहरु समावेश यस एल्बम उनको १९ औँ एल्बम हो ।
गायनमा सधै अब्बल रहदै आएका गायक राईले एल्बममा आफनो विशेष प्रस्तुति रहेको बताए । उनले एलबममा नयाँ गीतकार तथा संगीतकारसँग काम गरेका छन् ।

साप्ताहिकको प्रस्तुती रहेको एल्बम ‘दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा रहेका छन् । अन्य मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत रहेका छन् ।

एल्बमका गीतहरुमा शब्दरचना क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको रहेको छ ।

https://youtu.be/4JKh08nIyso

जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए

यो पनि पढ्नुहोस्
राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि
राजेशपायल राईसँग हङकङ संवाद
राजेश पायल राईले फेरि पाए विदेशी भूमिमा सम्मान
राजेशपायल राईको नजरमा योगेश भट्टराई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७