धादिङमा दोब्बर मतले वाम गठबन्धन अगाडि (मतसहित)


२१ मंसिर २०७४, बिहीबार
election nepal 1

काठमाडौं: धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनका तर्फबाट भूमि त्रिपाठीले अग्रता कायम गरेका छन् ।election nepal 1

धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार त्रिपाठीको १२ सय ४० मत आउँदा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका विश्व अर्यालको मत ६ सय ९५ आएकोछ ।
त्यस्तै, प्रदेश सभा तर्फ वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डेको ४ सय ६ मत आउँदा लोकतान्त्रिक गठबन्धन मधु श्रेष्ठको १ सय ७२ मत आएको छ ।
प्रदेशसभा (ख) मा वाम गठबन्धनका शालिग्राम जम्मरकट्टेलको १८ सय ८७ मत आउँदा लोकतान्त्रिक गठबन्धनका प्रभातकिरण सुबेदीको ११ सय १० मत आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७